तिमिले आफ्नो मनमा लागेको कुरा मलाई भनिदेउ
मैले गरेको मायालाई तिमिले आज सम्झिदेउ
सम्झनाले होला निदाएको बेला सपनामा आउछौ
समधुर भाकामा मायाको गित तिमिले गाउछौ
यो मेरो मन सधै तिमिलाई हेर्न जाउ भन्छ
मन भरि माया भएर होला सम्झनामा आउछौ
यि बन पाखामा हिड्दा तिम्रो याद आई आशु बगिरहन्छ
तिमिले दिएको माया मेरो दिलमा सधै रहिरहन्छ
म जति टाढा भए पनि यो मन तिमिलाई खोजिरहन्छ
जन्म जन्म सयौ जन्म सधै तिम्रो साथ खोजिरहन्छ
म तिमिलाई भेटन फेरी तिम्रो घरमा आउला
तिम्रा मिठा गफहरु सुनेर समय विताउला
तिमिले आफ्नो मनमा लागेको कुरा मलाई भनिदेउ
मैले गरेको मायालाई तिमिले आज सम्झिदेउ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया