पूर्व उपराष्ट्रपतिबाट दीपक भेटुवालको पुस्तक विमोचन साहित्यकार भद्रकुमारी घलेसम्बन्धी सूचक प्रकाशनका अध्यक्ष एवं लेखक दीपक भेटुवाल ९दीपसागर० ले लेखेको वृहत् पुस्तक भद्रकुमारी घले र उनका आयामहरूको विमोचन भएको छ । काठमाडौको बानेश्वरमा आयोजित कार्यक्रममा सम्माननिय पूर्व उपराष्ट्रपति परमानन्द झाले एक समारोहका बीच उक्त पुस्तक विमोचन गर्नुभएको हो । साहित्यकार भद्रकुमारी घलेको जीवनी, व्यक्तित्व र कृतित्व समेटेर नेपाली साहित्यकै इतिहासमा वृहत् पुस्तक प्रकाशन गरेकोमा लेखक भेटुवाललाई प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले विशेष धन्यवाद दिँदै विमोचित पुस्तक र भद्रकुमारी घलेले साहित्यमा दिएको योगदान र समाज परिवर्तनमा घलेले निर्वाह गरेको भूमिका आदिको बारेमा चर्चा गर्नुभएको थियोे । भद्रकुमारी घले सेवा सदनले साहित्यकार भद्रकुमारी घलेको ९२ औं जन्मोत्सवको अवसर पारेर भेटुवालको उक्त पुस्तक विमोचन गरेको हो । लेखक दीपक भेटुवाल ९दीपसागर० द्वारा लिखित पुस्तकमा भद्रकुमारी घलेको जीवनी, व्यक्तित्व र घलेद्वारा लिखित विभिन्न विधाका ११५ वटा पुस्तकको अध्ययन, अनुसन्धान, विश्लेषण र घलेको बल्यकालदेखि हालसम्मको जीवनी समेटिएको छ । उक्त कार्यक्रममा लेखक भेटुवाललाई एक लाख नगदसहित अभिनन्दन गरिएको थियो । दीपक फाउन्डेसनको सचिव समेत रहेका भेटुवालका झन्डै एक दर्जनको हाराहारीमा विभिन्न विधाका पुस्तकहरू प्रकाशित भएका छन् । साथै सोही समारोहमा सनत कुमार आचार्य, ज्ञाननिष्ठ ज्ञवाली, रमेश शुभेच्छु लगायतका एक दर्जन साहित्यकारहरू पनि सम्मानित भएका थिए
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ। सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन्।कवयित्री गीता खत्री यसैका पछिल्ला उदाहरण हुन्।“झोखाङदेखि मजाटलानसम्म” कवयित्री एवं नियात्राकार गीता खत्रीको २०७१ जेठमा पछिल्लो कृतिको रुपमा प्रकाशित भएको छ।यस कृतिभित्र झोखाङ मन्दिर र राजकुमारी भृकुटी,हङकङको कमइ, मजाटलानको एक फन्को,महासागरमै ठोक्किएको बाटो,पैसाको लागि असिन पसिन लगायत विभिन्न शीर्षकका चौबिसवटा नियात्राहरु समेटिएका छन्।
यस सङ्ग्रहभित्रको झोखाङ मन्दिर र राजकुमारी भृकुटी शीर्षकको पहिलो नियात्रामा नारीमा कस्तो शक्ति हुंदारहेछ कत्रो त्याग र तपस्या हुन सक्ने रहेछ भन्ने कुराले नियात्राकार गीताको हृदय द्रबीभूत भयो।भृकुटीको देश बचाउने क्रममा आफ्नो व्यक्तिगत इच्छा,आकाङ्क्षा,चाहना सबैलाई,बिर्सिएर आफ्नो भाषा, संस्कृति केही नमिल्ने ठाउँमा कसरी जीवन बिताइन् होला।अहिले आफूलाई त्यो ठाउँमा राखेर सम्झदा पनि कहाली लागेर आउछ भनिएको छ।हङकङको कमाइ शीर्षकभित्र हङकङ ४२६ वर्ग माइलमा फैलिएको रहेछ।४.५० प्रतिशत पानीले ढाकेको भए पनि जताततै पानीपानी देखिने र वरिपरि साना साना डाँडाले घेरिएको उपत्यकै भने पनि हुने।डाँडाभरि ठूलाठूला घरहरु ठड्याइएका माथि डाँडाबाट तल हेर्दा कती लोभलाग्दो दृष्टि भनिएको छ।मजाटलानको एक फन्को शीर्षकभित्र मेक्सिकोको ऐतिहासिक स्क्वायर संसारको सबैभन्दा ठूलो पब्लिक स्क्वायर रहेछ काठमाडौंको रत्नपार्क जस्तै।मेक्सिकेको मुटु रहेछ यो । यसैमा बिरोध जुलुस हुने यसमै समर्थन जुलुस निकाल्ने यसमै जात्रा देखाउने यस्तै चाडपर्व मनाइने भनेर नियात्राकार गीताले लेखेकी छिन्।दिवाभोजमै कराएका अतिथि शीर्षकभित्र हामी सबैभन्दा ढिला पुग्यौ । अरुले खाना खाइसक्दा हामी खादै थियौ।खाना खाइसकेका अतिथिहरु विस्तारै अरोरातिर लाग्दै हुनुहुन्थ्यो कोही खाना खाइ रहनु भएको थियो हामी भने नयाँ अनुहार संगकुरा गर्ने बिचारमा थियौ तर समय नभएकोले छटपटी लागिरहेको थियो भनिएको छ।
कोलोराडोमा भानुजयन्ती शीर्षकभित्र तीनै दिन फुड प्वाइजन शब्द कोलोराडो भरि व्यापक भयो।घरघरमै यसको चर्चा भएछ कार्यक्रम भरि यसैको कुरा भयो।यस पटकको यात्रामा सुरुदेखि अन्त्यसम्म पनि फुड प्वाइजनले निकै चर्चा पायो भनिएको छ।रक्की पर्वतको चिसो हावा शीर्षकभित्र कोलोराडोको इस्टेट पार्क छिर्न प्रवेशशुल्क वापत एउटा मोटरको २० डलर तिर्नुपर्ने रहेछ।रक्की पर्वत शृङ्खलामा जम्माजम्मी ७२ वटा विभिन्न नाम गरेका पार्क रहेछन्।ती मध्येको इस्टेटपार्क एक हो।यो पर्वत शृङ्खलाको सबैभन्दा अग्लो भाग समुद्रको पर्वत हो भनिएको छ ।आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो।प्रस्तुत कृतिमा स्रष्टा गीताले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेकी छिन्।साथै यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ।नियात्राकार गीताले हामीलाई युरोप, एसिया,अमेरिका,दक्षिण अमेरिकाका अनेक भूभाग मनमौजी तालले घुमाउँछिन् ।एसियाका दुई संस्मरण रहेका छन् तिब्बत र हङकङ बारेका तीतामीठा विरचणसाथ।अमेरिकी सहर र स्थानका अनेक स्मृतिले यहाँ ठाउँ पाएका छन्। एकदर्जन भन्दा बढ्दा नियात्राहरु अमेरिकाली सन्दर्भ,परिवेश र पात्रकै सेरोफेरोमा रहेका छन्।धेरै नियात्राहरु त साहित्यकै वरिपरि गाँसिएका छन्। विशेषतः कोलोराडोसँग जोडिएर आएक डेनभर,रक्की,अरोरा,माउन्ट एभान्स वा एटलान्ससँग टाँसिएर आएका अथवा वासिङ्टन डिसीसँग मिसिएर आएका रचनाहरु साहित्य र साहित्यिक कर्मकै प्रतिफल हुन् भन्दा नि हुन्छ।
नियात्राक्रममा इन्डियाना पोलिसको आन्मा–नासाको प्रसङ्ग र विविध अनुभूतिलाई यहाँ समावेश गरिएको छ।यसले व्यक्ति र प्रवृत्तिका चरित्रलाई बुझ्न सघाउँछ।
आजको समयमा यात्रा बृत्तान्तका लेखहरु निकै देखिन थालेका छन् कतै निबन्धको रुपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रुपमा।पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृष्य लेखकको वर्णनवाट त्यहाँ पुग्न सक्ने र देख्न सक्ने रहेछ।सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हुँदैन।त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैं त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो।यात्राले पाठकलाई त्यहि पु¥याउन सकिने गर्भिलो भावना उमार्दो रहेछ।डेनभरको सिमसिमे पानी शीर्षकभित्र डेल्टाको जहाज धेरैजसो ढिला हुन्थ्यो आज भने समयमै उडायो।कलिलो घामलाई छिचाल्दै हवाईजहाज पश्चिमतिर लाग्यो।एकैछिनमा बाक्लो बादललाई पन्छाउदै जहाज फुत्त निलो आकाशमा निस्क्यो कस्तो मनमोहक दृष्य तलतल सेता बादलहरु एकनासले मिलेर बसेको चारैतिर नीलो सफा आकाशमा हामी बसेको हवाईजहाज मात्रै एकनासले पश्चिमतिर हुइकिरहेको थियो नियात्राकार गीता भन्दछिन् । यात्रा बृत्तान्तको गीताको यो पहिलो कृति हो।नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ।यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ।लेखनशैली स्वतन्त्र छ।उनका यात्राहरु रोचक र रसिला छन्।यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ।यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु।
प्रकाशकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपाल च्याप्टर
संस्करणः प्रथम,२०७१, जेठ
सामाखुसी मार्ग,९३५÷५४
मूल्यः रु.२००।–
पृष्ठः १३८
अरुणबहादुर खत्री “नदी”
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)
प्रतिक्रिया