राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न विदेशी लडाकुहरूको पहिलो दल आइपुगेको बताए

इनेप्लिज २०७८ फागुन १९ गते १२:३३ मा प्रकाशित

राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न विदेशी लडाकुहरूको पहिलो दल आइपुगेको बताएका छन् । युक्रेनले पहिले नै विदेशी स्वयंसेवकहरूलाई अभिवादन गरिरहेको छ। पहिलो १६,००० दल पहिले नै हाम्रो र सबैको लागि स्वतन्त्रता र जीवनको रक्षा गर्न आफ्नो बाटोमा छन्, उनले बिहीबार सामाजिक संजाल अनुहार किताव (फेसबुक)मा मार्फत बताए ।

युक्रेन सरकारले विश्वभरका मानिसहरूलाई रुसविरुद्धको लडाइमा सामेल हुन आह्वान गरेको छ। जेलेन्स्कीले लडाकुहरू कहाँबाट आएका छन् भनी उल्लेख गरेनन्।

उनले युक्रेनमा हतियार पठाएकोमा सहयोगीहरूको प्रशंसा पनि गरे र हरेक दिन हामीसँग थप शक्तिशाली हतियारहरू छन भनि उनले बताए ।

जेलेन्स्कीले युद्ध पछि देशको पुनर्निर्माण गर्ने योजनाको घोषणा गरे, रोजगारी गुमाएका युक्रेनीहरूलाई सहयोग गर्न एक कार्यक्रम स्थापना गरिएको र सबै निवृत्तिभरणहरू भुक्तान गरिने वाचा गरे।

“युद्धले जलेका सबै क्षेत्रहरूमा युक्रेनीहरूले आवश्यक सबै चीजहरू प्राप्त गरिरहेका छन्। मुख्यालयले पूर्ण रूपमा काम गरिरहेको छ, वास्तविक मानवीय भारपोत (कार्गो)हरू तिनीहरूको बाटोमा छन्, “उनले भने।

प्रतिक्रिया