‘अपटाउन म्युजिक फेस्टिवल’ को शुभआरम्भ गायक दीपक बज्राचार्यले शुक्रबार गर्ने

इनेप्लिज २०७८ फागुन १९ गते १०:४९ मा प्रकाशित

ललितपुरं।ललितपुर जिल्लामै पहिलो अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ ले ‘अपटाउन म्यूजिक फेस्टिभल’ गर्ने भएको छ।पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही शुक्रबार (फागुन २०) देखि ललितपुरको झम्सिखेलमा हुन लागेको हो।म्युजिक फेस्टिभल तीन महिनासम्म हुने छ।

पब तथा क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि खुलेका छन् भन्ने सन्देश दिन फेस्टिबलको आयोजना गरिएको अपटाउन लाउन्ज एण्ड क्लबका अध्यक्ष आदित्य मिश्रले जानकारी दिए । फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के. भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

यसबाहेक हरी महर्जन प्रोजेक्ट,बिजेन,बलेन,द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको समेत प्रस्तुति रहनेछ।उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल,कंक्रिट जंगल,द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले आफ्नो प्रस्तुती दिनेछन ।सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने अपटाउन नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्ज हो।यसमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक,आरजिवी स्टीपसहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । तीन वटा उच्च स्तरीय ठूलो पर्दाको एलईडि स्क्रीनको समेत व्यवस्था गरिएको अपटाउनमा चाईनिज थाई,इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ।‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन्।

अपटाउनमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गर्न हलहरुको ब्यवस्था छ । लाउन्जमा टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुमलगायतको व्यवस्था छ।झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा छ।फेस्टिभलको सुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन्।यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ।

 

प्रतिक्रिया