युरोपेली संघले “युक्रेन विरुद्ध अस्वीकार्य र गैरकानूनी रूसी सैन्य आक्रमण” मा संलग्नताको भएको कारण गत मंगलबार बेलारुस विरुद्ध नयाँ प्रतिबन्धहरू अनुमोदन गरेको छ । युरोपेली संघले युक्रेनमा रूसको आक्रमणमा सहयोगी भूमिकाको लागि बेलारुस विरुद्ध नयाँ प्रतिबन्धहरू अनुमोदन गरेको छ । र ,त्यस देशबाट सबै आयातको लगभग ७० % प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ, युरोपेली संघले बुधबार भन्यो।
विशेष गरी निषेधित आणविक प्रतिघातक (रिएक्टर)हरू सहित विस्तृत प्रकारका उपकरणहरूको बिक्री गरेको आरोप लगाईएको छ ।
यसको ११७ पृष्ठको आधिकारिक विज्ञप्तिमा, युरोपेली संघको परिषदले बेच्न, आपूर्ति, स्थानान्तरण वा निर्यात गर्न निषेधित हुनेछ भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ प्रतिबन्धहरुमा फलाम ,सुर्ती, काठ, सिमेन्ट र रबर लगायत र उत्पादनहरूलाई पनि नयाँ प्रतिबन्धहरूद्वारा लक्षित गरिएको छ ।
“यसले बेलारुसमा निर्यात गर्न वा बेलारूसमा प्रयोग गर्नका लागि दोहोरो प्रयोगका सामान र प्रविधिको निर्यातलाई निषेध गर्दछ जसले बेलारुसको सैन्य, प्राविधिक, रक्षा र सुरक्षा विकास, र उपकरणहरूको निर्यातमा योगदान पुर्याउन सक्छ”, आधिकारिक विज्ञप्तिमा भनिएको छ।
केही प्रतिबन्धहरूले २२ बेलारूसी सैन्य कर्मचारी र अधिकारीहरू पनि कारवाहीमा पर्नेछन् । तर कुनै बेलारूसी बैंकहरू अहिलेको लागि नयाँ प्रतिबन्धहरूको साथ लक्षित गरिएको छैन ,विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया