अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा युद्ध अपराध अनुसन्धान सुरु

इनेप्लिज २०७८ फागुन १८ गते २३:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा युद्ध अपराध अनुसन्धान सुरु गरेको छ । नेदरल्याण्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा रुसको आक्रमणपछि तुरुन्तै सक्रिय अनुसन्धान अगाडि बढाउने बुधबार मार्च २ का दिन बताएको छ।

आईसीसी अभियोजक करिम ए.ए. खानले एक वक्तब्यमा अदालतका सदस्य राष्ट्रहरू मध्ये ३९ वटाले अनुसन्धान अगाडि बढाउन अनुरोध गरेको जनाएका छन् ।

“प्रमाण सङ्कलनमा हाम्रो काम अब सुरु भएको छ,” खानले भने, अनुसन्धानले २०१३ देखि हालसम्म युक्रेनमा भएका घटनाहरूलाई समेट्नेछ।

खानलेअगाडी भने ,उनको कार्यालयले “अदालतको क्षेत्राधिकार भित्रका अपराधहरू भएको विश्वास गर्ने उचित आधार फेला पारेको छ र स्वीकार्य हुने सम्भावित मुद्दाहरू पहिचान गरेको छ।”

आईसीसीका प्रमुख अभियोजकले द्वन्द्वमा संलग्न सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आग्रह गरे भनि सिएनएन ले समाचार लेखेको छ ।

प्रतिक्रिया