युक्रेनमा किराना सामान लिन पंक्तिमा बसेका एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । गत मंगलबार खार्किभमा रुसको गोलाबारीमा मारिएका भारतीय नागरिक नवीन शेखरप्पा ज्ञानगौदार खार्किभ राष्ट्रिय चिकित्सा बिश्वबिद्यालय (नेशनल मेडिकल युनिभर्सिटी)मा चौथो वर्षका मेडिकल विद्यार्थी थिए ।
भारतका विदेश सचिव हर्ष श्रृङ्लाले मंगलबार ढिलो पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएका थिए ।
“उनी मारिएपछि केही किराना सामान र विदेशी मुद्रा लिन बाहिर गएका थिए,” उनका भाइ कान्तेश ज्ञानगौदारले बुधबार सीएनएनलाई भने। नवीनले त्यस दिन पछि पोल्याण्ड जाने योजना बनाएका उनले बताए ।
नवीन पसलमा किराना सामान किन्न पंक्ति (लाइन)मा बस्दा गोली प्रहार भएको थियो।
मङ्गलबार बिहान किराना सामानको लागि बाहिर निस्कनु अघि नै नवीनले आफ्नो बुबा र आमासँग कुरा गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
मंगलबार साँझसम्म, उनको शव उनको विश्वविद्यालयको शवगृहमा थियो, श्रीङ्लाले भने, भारतीय अधिकारीहरूले उनको शव फिर्ता गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको बताए।
“हामी भारत सरकारलाई नवीनको शव जतिसक्दो चाँडो फिर्ता ल्याउन अनुरोध गर्दछौं। र ,सबै भारतीय विद्यार्थीहरूलाई फिर्ता ल्याउन र हामी यो घटना दोहोरिन दिन चाहँदैनौं,’ कान्तेशले भने।
भारतका प्रधानमन्त्रीले नरेन्द्र मोदीले “एक भारतीय नागरिकको ज्यान गुमाएकोमा आफ्नो गहिरो शोक व्यक्त गरे।”
श्रृङ्लाले रुस र युक्रेनका राजदूतहरूसँग खार्किभ र द्वन्द्व क्षेत्रका अन्य शहरहरूमा रहेका सबै भारतीय नागरिकहरूको लागि तत्काल सुरक्षित मार्गको लागि माग गरेका थिए ।
प्रतिक्रिया