युरोपेली संसदले युक्रेनलाई युरोपियन संघमा उम्मेदवारको दर्जा दिन सिफारिस

इनेप्लिज २०७८ फागुन १७ गते २२:४९ मा प्रकाशित

युरोपेली संसदले युक्रेनलाई युरोपियन संघमा उम्मेदवारको दर्जा दिन सिफारिस गरेको छ ।

युरोपेली संसदले मंगलबार युक्रेनलाई ईयुको उम्मेदवारको दर्जा दिन एक प्रस्ताव पारित गरेको छ । जसमा युरोपेली संघ संस्थाहरूलाई युक्रेनलाई ईयू उम्मेद्वार देशको दर्जा दिने दिशामा काम गर्न आह्वान गरिएको छ , विज्ञप्तिमा भनिएको छ।

उक्त प्रस्ताव जसमा ईयू लाई रूसमाथि “कडा प्रतिबन्धहरू” लगाउन पनि माग गरिएको थियो । युरोपेली संसदका ६३७ सदस्यहरूले पक्षमा मतदान गरे। “सबैभन्दा कडा शब्दमा रूसको युक्रेनमा गैरकानूनी आक्रमणको निन्दा गरेको छ भने र क्रेमलिनलाई देशमा सबै सैन्य गतिविधिहरू बन्द गर्न माग समेत गरेको छ ,बिज्ञप्तिमा भनिएको छ।

साथै सदस्यहरूले रूस विरुद्ध युरोपियन संघको वित्तीय प्रतिबन्धहरू थप गर्नु पर्छ । “सबै रूसी बैंकहरूलाई युरोपेली वित्तीय प्रणालीबाट रोकिनुपर्छ र रुसलाई स्विफ्ट प्रणालीबाट प्रतिबन्धित गर्नुपर्छ भनि माग गरिएको छ ।

सदस्यहरुले तेल र ग्यास जस्ता सबैभन्दा महत्त्वपूर्ण रूसी निर्यात वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने माग राखेका छन् । रुसमा नयाँ ईयूको लगानी र ईयूमा नयाँ रुसी लगानीलाई प्रतिबन्ध लगाउनुपर्छ,” प्रेस विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया