मलाई पुजीवाद पटक्कै मन पर्दैन !!
म आदर्शवादी पनि होइन!
मलाई यथार्थवाद पनि मन पर्दैन !
म सामन्तवादी पक्कै होइन !
म आफुलाई समाजवादी भन्न मन पराउँछु !
मलाई समाजवाद असाध्यै मन पर्छ !!
तर मलाई लुत्रेझुत्रे पटक्कै मन पर्दैन।
मलाई अभावमा छट्पटाएको बस्ती मनपर्दैन!
रोग र भोकको चीत्कार सुन्न सक्दिन !
म फेरि भन्छु,मलाई समाजवाद असाधै मनपर्छ।
टन्न अघाएकालाई खुवाउन ,मलाई असाध्यै मन पर्छ !
भोकाको संगत,मलाई पटक्कै मन पर्दैन!
अभावले ग्रसित ब्यक्ति लालची झैं लाग्छ।
चलाखिपुर्ण व्यबहार गर्न नजान्नेहरू रोगी झैं लाग्छ !!
जोसंग छ म उसलाई दिन मन पराउँछु!
म बेतन हेरेर व्यबहार गर्छु !
हैसिएत हेरेर नजिक जान्छु!
म सम्पननता हेरेर सम्मान गर्छु !!
मसंग बौद्धिकता नाप्ने यन्त्र छैन।
मानवताको कुनै अर्थ छैन!
सम्बन्धको कतै अस्तित्व छैन्!
मसंग मात्र छ , यी एक जोडी आँखा!
जसले बाहिरी आवरण झट्ट हेर्छ।
सुकिलो स्पष्ट देख्छ।
अनि मेरो मस्तिष्कलाई संदेश दिन्छ !
यो राम्रो ,यो नराम्रो,यो ठिक यो बेठीक !
तर म फेरि पनि भन्छु ,मलाई पुजिवाद पटक्कै मन पर्दैन !!
मलाई समाजवाद असाध्यै मन पर्छ।
– अनिता कोइराला
प्रतिक्रिया