शिबरात्रीमा गायिका सरिताको शिब अबतार

इनेप्लिज २०७८ फागुन १६ गते १०:३२ मा प्रकाशित


काठमाडौं,१६ फागुन बिगत आधा दशक देखि गायनमा सक्रिय रहँदै आएकी गायिका हुन सरिता भारती ।हिन्दुहरुको महान चाड शिवरात्रीलाई लक्षित गरेर गायिका सरिताले यतीबेला शिब अबतारमा फोटो सेसन गरेकी छिन्।

त्यसो त सरिताले यो अबधिमा डेढ दर्जन भन्दा बढी गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेकी छिन्।पाँच वर्ष अघि मेरो जवानी…लोकपप गीत बजारमा ल्याएपछि उनका गीतहरु बजारमा नियमित आएका छन्।

लँुडो र तास…,पहिलो भेटमै…,यसपालीको दशैं…,रातो सारी लरक्कै, बजाई देउन बाजा…,हे गाजली…,असारै मास(झरी),चिया पकाउ…जस्ता विभिन्न चर्चित गीत बजारमा ल्याईसकेकी सरिताको थप नयाँ दुई वटा गीतहरु रेकर्ड भएका छन्।उनका ती नयाँ गीत चाँडै नै बजारमा आउँदैछन्।

उनै गायिकाले यो पटकको शिबरात्रीको अबसर पारेर शिब अबतारमा फोटो सुट गराएकी छिन्।गायनसँगै पछिल्लो समय मोडलिङमा समेत ब्यस्त सरिताको यी तस्बिरहरु फोटो पत्रकार बद्री थापाले खिचेका हुन्।उनलाई शिबको रुपमा चेली मेकअप स्टुडियोकी मेकअप आर्टिस्ट बिना रानामगरले तयार गरेकी हुन्। शिबरात्रीको अबसर पारेर यो फोटो सुट गरिएको गायिका सरिता भारतीले बताएकी छिन्।

प्रतिक्रिया