आँसु झरी बगिरहेका निर्दोष युग्रेनीका आँखाहरु
विवश बनी लर्बराईरहेका युक्रेनीका पाईलाहरु
यस्तो लाग्छ यतिबेला त्यहाँ हेर्दा हार नै सहय छ
हारेर नि अहिले बाँच्न सके किन चाहियो जितहरु!
तर
आफू मरेर जनता बचाउनका निम्ति नेता अघि सरेका छन्
देशका निम्ति बलिदान दिन नेताहरु ठिक्क परेका छन!
सार्हो-गार्हो बेलामा ठुला राष्ट्रले यतिबेला त्यहाँ साथ छोडेका छन्!
आत्म समर्पण गर्ने संकेत दिदा नि स्वाभिमानले न झुकेका छन!
रुन्छे हाँसोमा मुस्कुराउँदै जनताले लुकेर श्वास फेरेका छन्
फेरि कहिल्यै नभेटिने हो कि भन्दै अंकमाल गरेका छन्!!
एक्लो भए राजनेता छिमेकीले जालभित्र पारि नै गए
ठुला राष्ट्र यतिबेला रमिता हेरी कुन्नि किन हाँसिरहे!
भन्थे बुढापाका सत्यको निम्ति आवाज ननिकाल्नु पाप हो,
तर पापीहरुको भिडमा सत्य बोल्नु पनि मुर्खता नै हो।
संसार एउटै चर्खा हो,पालो पर्खिन जान्नु पर्छ,
ह्र्दय रोईरहे पनि वैरीको सामु आँसु लुकाउनु जान्नुपर्छ।
आफू मरेर नि जनता बचाउनका निम्ति अघि सरेका छन्
देशका निम्ति बलिदान दिन नेताहरु ठिक्क परेका छन् !
देशका निम्ति बलिदान दिन नेताहरु ठिक्क परेका छन्।
जय पशुपतिनाथ
कमला प्रसाईं
(नेपालका नेताहरुले पनि पढेर चाँडै बुद्धि आओस्)
प्रतिक्रिया