फस्र्ट फ्लाएर्स फिल्म अवार्डलाई दीपाश्री र सरोजको शुभकामना

इनेप्लिज २०७८ फागुन १५ गते १३:२१ मा प्रकाशित

 

काठमाडौं,१५ फागुन।ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ योजना गर्ने भएको छ।०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइयो।

मोफसलमा समेत नेपाली फिल्मको बिकास, स्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए।उनले भने,‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन।कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन्।त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ।’

कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे।भने,‘मैले केही बर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ।’

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको बिकासमा यो अवार्डले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे।उनले भने,‘अधिकांश अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ।तर फस्र्ट फ्लाएर फिल्म अवार्ड पहिलोचोटी नै मोफसलमा हुन लाग्नु निकै खुशीको कुरा हो।अन्य अवार्ड भन्दा यो निश्चय नै बिशेष हुने बिश्वास मलाई छ।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताइन्।‘पहिलो संस्करण नै बिराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ।’ कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय फिल्म निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहीत गर्ने धारणा राखे।उनले भने,‘अवार्ड कार्यक्रम हुन नराम्रो होइन । तर अवार्डले कलाकारको मनोबल र स्वाभीमान बढाउनु पर्छ।यो अवार्ड वास्तवमै निष्पक्ष र गरिमामय हुने बिश्वास लिएको छु।प्रेसमिटमा संचारकर्मीहरुको जिज्ञासा मेट्दै आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शतप्रतिशत निष्पक्ष हुने दावी गरे ।‘हाम्रो अवार्डको जुरी को को हुनुहुन्छ भन्ने कुरा अवार्ड कार्यक्रममै बताउने छौ,’उनले भने,‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ,त्यही नै अन्तिम निर्णय हुनेछ।आयोजकको कुनै हस्तक्षेप रहने छैन।’कार्यक्रममा संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी,कोरियोग्राफर कविराज गहतराज,नरेशवीर सिंहलगायतको उपस्थिति थियो।

चलचित्रसम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी,कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा,ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनीक गरिने बताइएको छ।

 

प्रतिक्रिया