रियाद – मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा धरानका सुजन सेर राई निर्वाचित भएका छन्।
शुक्रबार, २५ फरवरी २०२२ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको दोश्रो साधारणले राईको अध्यक्षता १ठ सदस्यिय कार्यसमिति चयन गरेको हो।
१ जनवरी २०२० सातौं शाखाको रुपमा स्थापित सो संस्थाले हेम सुवेदीको अध्यक्षता,नेपाली राजदुतावास कि द्दितिय सचित तारा गौतमको प्रमुख आतिथ्यता तथा मोसु नेपालका सल्लाहकार तथा प्रवास शाखा समन्वय समितिका संयोजक कुमार कार्कीको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
सो साधारण सभाले अध्यक्षमा राई,उपाध्यक्षमा मनोज धिमाल,दिपक थापा,गणेश पोखरेल,सचिवमा राज लिम्वु,सहसचिवमा खेमराज कार्की,देवेन्द्र विक,कोषाध्यक्षमा राजेन्द्र लिम्वु,सहकोषाध्यक्षमा सुरेन्द्र तामांग,कार्यसमिति सदस्यहरुमा पुरन तामांग,लोक वहादुर पुरी,दुर्लभ वास्कोटा,सन्तोष भण्डारी,लाल वहादुर वोगटी,शिला राई,कल्पना पोखरेल,खेम सुनुवार निर्वाचित भएका छन्।कार्यसमितिको अवधी २ वर्षको रहनेछ।
कार्यक्रममा सचिव सुजनसेर राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राज लिम्वुले आर्थिक प्रतिवेदन पेश गरेका थिए।निर्वाचन समितिका संयोजक दिनेश न्यौपानेले निर्वाचित कार्यससमितिलाई शपथ ग्रहण गराएका थिए।साधारण सभाले सामाजिक व्यक्तित्व द्धारीकाराज गिरीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथी तारा गौतम,विशेष अतिथी कुमार कार्की,अतिथीहरु दिपक रेग्मी,अर्जुन थापा,अमृत पौडेल,राजेन्द्र ढुंगेल,जितेन्द्र थपलिया,गोपाल पंगेनी लगायतले शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम सुजनसेर राई नगेश तामांगले संचालन गरेका थिए।
विभिन्न कलाकाहरुले गित संगित र नृत्यवाट मनोरंंजन गराएको सो कार्यक्रमलाई प्रमुख प्रयोजन द्धारीकाराज गिरी,प्रायोजकहरु हिमालय ट्राभल्स एण्ड कार्गो,राजीव महत, राजेन्द्र अर्यालले गरेका थिए।
प्रतिक्रिया