२०४३ सालतिरको कुरा हो नेपालको पहिलो राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा नन्दहरि उपाध्याय ओखलढुंगे,बसन्तप्रकाश उपाध्याय,त्रिचन्द्र श्रेष्ठ प्रतिक्षा, रामविक्रम थापा,सविता राणा,दुर्गा घिमिरेका सम्पादकलाई चिठी प्रकाशित भैरहन्थ्यो मैले पनि बेला बेलामा सम्पादकलाई चिठी लेखेर पठाइरहन्थे।त्रिचन्द्र श्रेष्ठलाई भेट्न म रक्तकाली भुरुङखेलमा अफिस जान लाग्दा महिनाको एकदुई पटक पसेर भेट्दथे।त्रिचन्द्र श्रेष्ठले टिसिएस पेनपाल म्यागेजिन निकाल्नु हुन्थ्यो। खोटांगको रामविक्रम थापा,स्याङ्जाकी सविता राणा विभोर र संखुवासभाकी दुर्गा घिमिरेसंग मैले पत्रमित्र गरेको थिए।दुर्गा घिमिरे २०४८ सालतिर काठमाडौं आउनु हुंदा मेरो अफिस भवन विभागमा मलाई भेट्न आउनु भएको थियो।सविता राणा विभोर म लोकसेवा आयोगमा छदा परीक्षा दिन आउदा परिचय भएको थियो।बसन्तप्रकाश उपाध्याय मैले नेपाल सरकारको जागिर खान सुरु गरेपछि २०४७ सालमा बेला बेलामा मेरो कार्यालय भववन विभागमा आएर मलाई भेट्नु हुन्थ्यो।
२०५२ सालतिरको कुरा हो म रक्षा लेखा नियन्त्रकको कार्यालयमा कार्यरत छदा मङ्सिर महिनामा गोरखा,तनहुं र पोखराको काज लिएर गोरखा जाँदा बिस वर्ष अगाडि मेरो बुबा नेपाली सेनामा हुंदा हामी बसेको गोरखाको ब्यारेक पुगेको थिए।गोरखाको ब्यारेकमा ओखलढुंगा रुम्जाटारको गौरव गुरुङ उपसेनानी पदमा हुनुहुन्थ्यो।उहाँनै ब्यारेकको प्रमुख हुनुहुन्थ्यो।बिस वर्षपछि गोरखा पुग्दा मलाई पढाउनु भएको बासु आचार्य सर, पद्मनिधि सर र माया मिससंग भेट भएको थियो ।मसंगै पढ्दै गरेको फस्ट ब्वाई चुमनकुमार श्रेष्ठसंग पनि भेट हुन सक्यो।२०७५ सालमा कवि प्रमोद स्नेहीले उहाँसंग भएका किताबहरु मेरो घरमा लिएर आउनु भयो।गौरब गुरुङको गीतसङ्ग्रह पनि ल्याउनु भएको थियो।२०७८ साल फागुन महिना ६ गते शुक्रबारको दिन रेडियोनेपालको समर्पण कार्यक्रममा राम अविरलले गौरव गुरुङसंग कुराकानी गर्नु भएको सुन्न पाएको थिए।गौरव गुरुङ त गीतकार र गायक पनि हुनुहुंदो रहेछ । त्यसपछि फेसबुकमा गौरव गुरुङको नाम सर्च गरेर मेसेन्जरमा मैले तपाईको गीतसङ्ग्रह पढेर समीक्षा लेख्दैछु भनेर लेखेर पठाउदा उहाँ खुसी हुनु भएर मलाई धन्यवाद दिनु भयो।तपाई ओखलढुंगा रुम्जाटारको हुनुहुंदो रहेछ २०७२ साल पुस महिनामा रुम्जाटार पुगेर म सम्मानित भएको थिए नि भने।
२०१८ सालदेखि निस्कदै आएको रचना दुईमहिने साहित्यिक पत्रिकामा पहिलोपटक मेरो एकोहोरो प्रेम शीर्षकको लघुकथा २०६० सालतिर प्रकाशित भएको थियो।त्यही लघुकथा शुक्रबार निस्कने साप्ताहिक पत्रिकामा पनि प्रकाशित भएको थियो।शुक्रबार साप्ताहिक पत्रिकामा चन्द्रनिगाहपुर, रौतहटको मेरो पत्रमित्र केशव क्षितिजले अरुणबाबु खत्री नदीको एउटै लघुकथा रचना पत्रिकामा प्रकाशित भएपछि साप्ताहिक पत्रिकामा प्रकाशित भयो भनेर प्रतिक्रिया लेखेर पठाउनु भएको थियो।२०६८ सालतिर म लोक सेवा आयोगमा छदा साहित्यिक कार्यक्रमको निमन्त्रणा पाएर नेपाल प्रज्ञा प्रतिष्ठानमा पुग्दा त्यहाँ कार्यरत कवि भरत भारद्वाजले रचना पत्रिकामा तपाईको प्रतिक्रिया पढे नि भन्नु भयो । धन्यवाद मैले भने । तर तपाईले मेरो कवितालाई ठिकै लाग्यो भन्नु भयो झमक घिमिरेको कवितालाई निकै मन प¥यो भनेर प्रतिक्रिया लेख्नुभएको थियो । झमक घिमिरेको भन्दा मेरो कविता धेरै राम्रो छ नि उहाँले मलाई भन्नु भयो।
मैले करिब पाँचसय साहित्यकारहरुका विभिन्न कृतिहरुको समीक्षा लेखेर विभिन्न पत्रिकामा प्रकाशित गरिसकेको हुंदा मलाई कुनै कुनै साहित्यकारले अबदेखि साहित्यिक कृतिहरुको समीक्षा तपाईले लेख्नुभयो भने कृतिका लेखकहरुसंग पारिश्रमिकपनि लिने गर्नु होला।पारिश्रमिक नदिनेको कृतिको समीक्षा नलेख्नुहोला नि भनेका थिए।उहाँहरुको कुरा मलाई साह्रै नै मन पर्यो अबदेखि त्यसै गर्नुपर्ला मैले भने।साहित्यकारहरुको कृतिको समीक्षा उहाँहरुले जति सक्नु हुन्छ मलाई समीक्षा लेखे बापत परिश्रमको फल सम्झेर दिदा ठिक होला मैले भन्न पुगे ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, ९३५÷५४,
काठमाडौं (नेपाल)
मोबाइल ९८४१७९७६६४
प्रतिक्रिया