शनिबारको आफ्नो पछिल्लो श्रब्यदृश्य (भिडियो) सन्देशमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई भने: “हामीले शत्रुको आक्रमणको सामना गर्यौं र सफलतापूर्वक पछाडी हटायौ । हाम्रो देशका विभिन्न शहर र क्षेत्रहरूमा युद्ध जारी छ।”
जेलेन्स्कीले राजधानी कीभ र यसको वरपरका प्रमुख शहरहरू अझै पनि सेनाको नियन्त्रणमा रहेको बताए। हामीले तिनीहरूको योजनालाई ध्वस्त पार्यौं। उनीहरूलाई हामीमाथि कुनै फाइदा छैन।
उनले रुसले क्षेप्यास्त्र प्रयोग गरेर आवासीय क्षेत्रहरूमा प्रहार गरेको बताए र थपे: “आवासीय भवनहरूको क्षेप्यास्त्र र तोपले गरेको विनाश कब्जाकर्ताहरूको आक्रमण रोक्न संसारको साथमा हुनुको लागि अन्तिम तर्क हो।”
जेलेन्स्कीले भने कि युक्रेनले अब “रूसलाई एसडब्लुआइएफटि (स्विफ्ट ) बाट बहिष्कार गर्न युरोपियन युनियन (ईयु)का सदस्यहरूको लगभग पूर्ण समर्थन गरेको छ” – अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जुन रूस विरुद्ध प्रतिबन्धहरूको बारेमा बहसको केन्द्रमा रहेको छ।
“मलाई आशा छ कि जर्मनी र हंगेरीले यो निर्णयलाई समर्थन गर्न पर्याप्त साहस गर्नेछन्,” उनले भने। उनले फेरि युक्रेनीहरूलाई रूसी आक्रमणको प्रतिरोध गर्न अपील गरेको समाचार सिएनएनले लेखेको छ ।
प्रत्येक युक्रेनीले एउटा कुरा दिमागमा राख्नुपर्दछ: यदि तपाइँ कब्जाकर्ताहरूलाई रोक्न र नष्ट गर्न सक्नुहुन्छ भने – यो गर्नुहोस्। सबै जो युक्रेन फर्कन सक्छन् – युक्रेनको रक्षा गर्न फर्कनुहोस्। उनले विदेशबाट आएका स्वयम्सेवकहरुलाई पनि आग्रह गरेका छन् । “हामीसँग संलग्न हुन चाहने सबै साथीहरू – कृपया आउनुहोस्, हामी तपाईंलाई हतियार दिनेछौं।”
जेलेन्स्कीले रुसी भाषामा फेरि सिधै रूसीहरूसँग कुरा गरे र भने , उनले स्वतन्त्र रूसी अखबार नोभाया गजेटाका प्रमुख डिमिट्री मुराटोभ र रुसमा रहेका अन्यलाई उनीहरूको युद्ध विरोधी सक्रियताका लागि धन्यवाद दिए र भने: “रूसीहरूलाई हजारौंको संख्यामा मर्न र मार्न पठाइएको छ।”
प्रतिक्रिया