युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी किभबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन्, बेलायतस्थित युक्रेन दूतावासले शनिबार सामाजिक संजाल ट्वीटरमा भन्यो।
दूतावासका अनुसार जेलेन्स्कीले अमेरिकालाई भने: “लडाई यहाँ छ; मलाई गोला बारुद चाहिन्छ, सवारी होइन। “युक्रेनीहरू आफ्ना राष्ट्रपतिमा गर्व गर्छन्,” ट्वीटमा थपिएको छ।
शनिबार बिहान ट्वीटरमा प्रकाशन गरिएको श्रब्य दृश्य (भिडियो)मा जेलेन्स्कीले भनेका छन्, ‘हामीले हतियार छोडेका छैनौँ ।
युक्रेनमा रुसको आक्रमणको बीचमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले गत बिहीबार साँझ भने ,जेलेन्स्की “रुसी आक्रमणको मुख्य लक्ष्य”बनेको बताए ।
जेलेन्स्कीले गत बिहीबार भने “हाम्रो जानकारी अनुसार शत्रुले मलाई निशाना संख्या १, मेरो परिवारलाई निशाना संख्या २ मा चिन्ह लगाएको छ। उनीहरू राष्ट्र प्रमुखलाई नष्ट गरेर युक्रेनलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन्। हामीसँग शत्रु तोडफोड समूहहरू कीभमा प्रवेश गरेको जानकारी छ ।”
श्रोत :सिएनएन
प्रतिक्रिया