२ दिन भित्र अपराधी सार्वजनिक नगरे देश ब्यापी आन्दोलन गरीने घटना स्थलमा उपप्रमुख–विद्यार्थीहरुले राखे यस्तो माग (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन १४ गते ११:५५ मा प्रकाशित


लेटाङ।मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृतअवस्थामा फेला परेपछि विद्यार्थीहरू र स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव शुक्रबार विहान भेटिएपछि हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी राईको शव खाल्डो भित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो।बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रर्दशनस्थलमा उपप्रमुख आएपछि विद्यार्थीहरुले माग राखेका छन्।

भिडियोः

https://www.youtube.com/watch?v=TIfEusymkqE

प्रतिक्रिया