युक्रेनीहरूले रुसीहरूलाई खेरसनको पुलमा पछाडी भगाएका छन् । उनीहरु युक्रेनमा पुल पारी गर्न खोज्दा युक्रेनी सैनिकहरुले पछाडी फर्काएका हुन् ।
सिएनएनका अनुसार सिएनएन टोलीले रुसी नियन्त्रित क्षेत्रबाट दक्षिणी युक्रेनको खेरसनमा जाने पुलको भ्रमण गरेको र त्यहाँ वरिपरि युद्ध भएको भै रहेको जनाएको छ ।
टोलीले चारवटा ठूला गोलाबारी बिस्फोट भएको र १० वटा धवस्त/फ्याकिएका युक्रेनी सशस्त्र गाडीहरू र धेरै मृतकहरू देखेको जनाएको छ ।
युक्रेनीहरूले तिनीहरूलाई पछाडि धकेल्न सफल भएको देखिन्छ भनि सिएनएनले उल्लेख गरेको छ । शुक्रबार बिहान टोलीले तल्लो तहमा उडान गर्ने युद्ध बिमानहरु पनि देखेको जनाएका छन् ।
रुसी सेनाहरू पुलको अर्को छेउमा लुकेको स्थानमा रहेको बताएका छन् ।
यसैबीच, नागरिकहरू अझै पनि पुल माथि पछाडि र पछाडि गाडी चलाई रहेका छन् । सिएनएनको टोलीले शुक्रबार बिहान खेरसनमा हवाई आक्रमणको साइरन(ध्वनि) पनि सुनिरहेको बताएको छ । रुसको आक्रमण जारी रहेको छ ।
प्रतिक्रिया