रुसी सेनाले युक्रेनमा तीन तर्फबाट आक्रमण,युक्रेनमा मार्शल कानून

इनेप्लिज २०७८ फागुन १२ गते ११:५१ मा प्रकाशित

रुसी सेनाले युक्रेनमा तीन तर्फबाट आक्रमण युक्रेनले जनाएको छ । ३ वटा स्थानमा आक्रमण भए पछि युक्रेनमा मार्शल कानून लागू गरिएको छ ।

बिहीबार बिहान सुरु भएको व्यापक आक्रमणमा राजधानी किभ लगायत धेरै शहरहरूमा विस्फोट भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान सबेरै एक भाषण दिएका थिए , उनले “आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका मानिसहरूलाई बचाउनको लागि … विशेष सैन्य संचालनगर्ने निर्णय गरेको” दोहोर्याए।

युक्रेनको रुसी-पृथकतावादी समर्थित डोनबास क्षेत्रको बारेमा आधारहीन दाबी समेत गर्दै आक्रमणको घोषणा गरेका हुन् ।

यद्यपि उनले रुसले युक्रेनी भूभाग कब्जा गर्ने योजना बनाएको कुरा अस्वीकार गरे। “हामी बलद्वारा कसैलाई केहि थोप्ने छैनौं।” उनले भने ।

उनले जो कोहीले पनि रूसमा हस्तक्षेप गर्न वा धम्की दिन खोज्दा “तपाईले आफ्नो इतिहासमा कहिल्यै अनुभव नगरेको परिणाम” निम्त्याउनेछ भनि चेतावनी दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले केही घण्टा पछि केही मिनेट लामो भाषणको साथ प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको र संयुक्त राज्यले युक्रेनको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाएको बताएका छन् ।

“पश्चिम हाम्रो साथमा छ,” उनले भने, र देश भर मा मार्शल ल घोषणा गरेका छन् ।

श्रोत :सिएनएन र तस्बिर : एपी

 

प्रतिक्रिया