गैरआवासीय नेपाली संघ द्वारा प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ फागुन १२ गते ११:१५ मा प्रकाशित

 

युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारणले त्यहा रहनु भएका नेपालीहरुको सुरक्षा प्रति संघ चिन्तित रहेको छ।त्यहाँ रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन्।उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ।युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ।

त्यसबाहेक पनि युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ।त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं ।

साथै,युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरि आवश्यक परे स्वदेश फर्कन समेत संघ आग्रह गर्दछ।

 

युक्रेनमा सम्पर्कका लागि :

अध्यक्ष :हरि मल्ल,राष्ट्रिय समन्वय परिषद युक्रेन

सम्पर्क नम्बर : +380934347700

इमेलः [email protected]

प्रतिक्रिया