नयाँ परियोजनाको पाइलट प्रोजेक्टको पहिलो कार्यक्रम तामिल समुदायसंग

इनेप्लिज २०७८ फागुन १२ गते ३:०७ मा प्रकाशित

भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका Lead Strategist and Practice Lead नेपाली मूलका ज्ञानेन्द्र उप्रेतीको पहलमा समुदायका सदस्यहरुले सामना गर्न परेका बिभेदकारी सामाजिक,आर्थिक र राजनीतिक हैरानीहरुलाई न्यूनिकरण गर्ने उद्धेस्यका साथ अस्ट्रेलियाको भिक्टोरियामा नयाँ परियोजनाको पाइलट प्रोजेक्ट “Community Led initiative” सूत्रपात जुन २०२१ मा भएकोमा त्यस्को पहिलो कार्यक्रमको रुपमा तामिल समुदायसंग गरिएको छ।

जुलाई २३ बाट बिभिन्न भाषीहरुका लागि “Safety at work: know your rights and responsibilities” कार्यक्रमहरु सन्चालन गर्ने लक्ष राखिए तापनि कोभिड्-१९ का कारण कार्यक्रम यसरी ढिला गरी शुरु गर्न परेको हो।

कार्यक्रममा फोएनिक्स एजुकेशनल,मल्टिकल्चरल इन्टिग्रेशन,कन्सल्टिङ,कम्युनिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत डा माटिन घायोर मिनाइए, डाइभरसिटाटका तर्फबाट स्ट्राटेजिक इनगेजमेण्ट कोअर्डिनेटर प्रेहासिनी जोसेफ,भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका Lead Strategist and Practice Lead ज्ञानेन्द्र उप्रेती, माइग्राण्ट वर्कर्स सेन्टरका भीमा मूनिआपह र डा हरि श्रेष्ठ थिए।

ब्यक्ति वा संस्थाद्धारा अन्य ब्यक्तिहरुमा बिभिन्न नियत र स्वार्थका कारण सामाजिक,आर्थिक र राजनीतिक रुपमा गरिने भेदभाव र हैरानी जस्ता संबेदनशिल मानविय समस्या न्यूनिकरणका लागि यो परियोजनाको अबधारणाको परिकल्पना गरिएको थियो।

कार्यक्रममा भीमा मूनिआपह र डा हरि श्रेष्ठले फरक फरक बिषयमा प्रस्तुति दिएका थिए।

कोभिडका कारण बिगतमा जस्तै ब्यबधान सिर्जना नभएको खण्डमा अब अन्य समुदायसंगको कार्यक्रमले नियमितता पाउने जानकारी उप्रेतीले दिए।

 

प्रतिक्रिया