एउटा सम्झनाको श्रद्धांजलि स्वर्गीय जयनन्द लामालाई !

डिग बहादुर तामाङ्ग २०७८ फागुन १२ गते २:२० मा प्रकाशित

यो संसारमा –नेपालको राज्यबाट थिचिएर,मिचिएर अपहेलित तथा शोषित भएका वर्गहरुबाट पनि हिलोमा फुलेका कमलको फूल झै आफनै लगनसिलता मेहेनतबाट फक्रेर हुर्केका थिए जयननद लामा।तामाङ्गहरुको थर अनुसार उनि थिङ थरको थिए।उनले गाएका गीतहरुमा नेपालले गर्भसाथ स्वीकारेका छन उनको जैविकता पनलाई।भैरव बहादुर थापा बाट शिक्षा रुपमा नृत्य सिक्न सफल कलाकारहरु मध्ये एक मदन लामा –दाई,खिल बहादुर लामा र जयनन्द लामाहरुको नृत्य उच्चकोटिका थिए।एकैछिनमा रचना रचेर गीत लोक गीत बनाउन सक्ने खुबी थियो उनमा।

लोक गायक,नृत्यकार,हास्यकलाकार स्वर्गीय जयनन्द लामासंग मेरो पहिलो भेट २०३६ श्रावण २५ गते नेपालको तामाङ्ग सेवा गुठीको तत्वाधनमा भएका पहिलो राष्ट्र्यि तामाङ्ग सम्मेलनमा पुल्चोक स्थित भूतपूर्व सैनिक हलमा जहा २५०० भन्दा बढि तामाङ्गहरुको सहभागिता थियो।त्यसपछि हामीहरुले जुद्धबिर लामाको घरबाट तामाङ्ग सेवा गुठिलाई पुतली सडकमा सार्यो,र त्यसपछि हरेक हप्तामा तामाङ्ग कलाकारहरु र नेपाली सैनिक सेवाका भाईहरु तथा प्रहरीका सेवारत भाईहरु तामाङ्गहरुसंग शनिवारका दिन भेट भै नै रहन्थ्यो हाम्रो तामाङ्ग सेवा गुठिको कार्यालयमा ।२०३७ सालमा तामाङ्ग सेवा गुठिले आयोजना गरेको “झिल्के साँझ”मा प्रसिद्ध संगितकार,रचनाकार गायक स्वर्गीय गोपाल योन्जनको आयोजनामा आयोजित साँस्कृतीक कार्यक्रममा शास्त्रीय गायनको ख्याति प्राप्त श्रीमती मिरा राना,जयनन्दलामा खिल बहादुर,मदन लामाहरुले राम्रो प्रस्तुत नृत्य तथा संगीतले दर्शकहरुको प्रसंसा हासिल गरेका थिए यहि तामाङ्ग सेवागुठिलाई नेै राष्ट्र्यि तामाङ्ग घेधुङ भएको हो,।

२०३८ सालमा म अमेरिकामा आएं पछि २०४१ सालको फागुन महिनामा छुट्टिमा जाँदा मेरो भेट जयनन्दसंग तत्कालिन सायह मन्त्री स्वर्गीय सत्यमान लामाको घरमा म बस्थे त्यहिँ भएको थियो।“डिग बहादुर दाई हजुर यो पेन्टेक्स क्यामाराबाट मेरो तस्बिर लिई मलाई दिनु होला नभन्दै मैले त्यहि घरको छानामा गएर फोटो खिचि दिएँ पछि मैले खिचेको तस्बिर उनले गाएको गीतको क्यासेटमा छापेको थियो। सत्यमान लामा संचार साहयक मन्त्री भएको बेला जयनन्दले रेडियो नेपालमा अधिकृत स्तरको जागिर पनि पाए छन।

१९९० जुन महिनामा जयनन्द लामा बाट मलाई एउटा अनुरोध आयो,“दाई मलाई त्यहाँ आउने मन छ हजुरले अमेरिका राजदूतावासमा एउटा चिठि लेखि पठाउन होला भनेर” मैले जो जसलाई सम्बन्ध छ,जयनन्द लामालाई म राम्रोसंग चिन्दछु उनि आएर म कहा बस्ने छ खाने छ केहि परेमा म जिम्मेवार हुने छ भनेर अंग्रेजीमा लेखि फयाक्स गरे।भिसा पाए जयनन्द आए जुजाई ४ तारिखको दिन।काठमाडौं रेष्टुरेन्टमा काम खोजि दिएं,त्यसपछि वेष्टन इलेक्ट्रिक कम्पनीमा, यसो त्यसो गरि ड्र।इभिङ स्कूलमा नगई लाइसेन्स लियो।मानिसहरुलाई रिझाउन सक्ने खुबी थियो उनमा,एउटा बुढो बारीमा घाँस काटन गएछन् बुढोको घरमा थन्क्याएर राखेको कार नै मागेर ल्याएछन।डोमाजीलाई साथमा लगेर डिसीतिर घुम्न निस्केछन,ट्राफिक लाईटका बिचमा गाडि बन्द भएछ,प्रहरीले साइरन बजाउदै आए छन,जयनन्दले हात जोडेर बिराएँ प्रभू भने छन् यहाँका प्रहरीले बुझने भएन उनका कुरा डामाजी अनुवाद गरेर भने छन, “हि बेग यो पारडोन सर” प्रहरीले गाडिलाई धकेलेर पार्क गरि दिए छन।हामीहरु सबैजना १९९२ जुलाई चार तारिखको अवसरमा नेपालीहरुको भेला न्यूयोर्कको रोचेष्टर आनाको अथवा ए एन ए को बार्षिक सम्मेलन थियो,हामीहरु संग जयनन्द लामा पनि गए,उनका गीत त्यहाँ बजि रहेको थियो,उदघोषकले भनि रहेको थियो यो गित जयनन्द लामाले गाएको हो तर जयनन्दलाई कसैले चिनेन,मैले उठेर भने “ आज सौभाग्यवस यस्तो मिठो गित गाउने व्यक्ति हामी माझमा हुनु हुन्छ भने पछि जयनन्दले उठेर पाचसय जनाको जमातमा नमस्कार भने पछि तालि बजेको आवाज अझै मेरो कानमा गुन्जी रहेका छ।

वासींगटन डिसी स्थित नेपाली समुदायमा पहिलो हार्मोनियम बजाएर गीत गाउने जयनन्द लामा,त्यहो भन्दा पहिले हामीनै कलाकारको सम्झना गथ्र्यौ।अमेरिका नेपाली सोसाईटीका धेरै कार्यक्रमहरुमा उनले भाग लिएका थिए।ग्रीनकार्ड आउन लागेको थियो,यहाँ बसेर केहि मेरो भविष्य छैन दाई डलर २५ हजार जम्मा गरेको छु त्यति भए एउटा घर र मोटर साईकल आई हाल्छ,भनेर आए उनि।मैले भने छोराहरु र बुहारीलाई ल्याउनु भने।दाईले मलाई एयरपोर्ट सम्म नछोटने हो भने म हिंडे, भनेर निस्केको व्यक्ति उनलाई मैले १९९२ को नोभोम्बर देखि भेटेको थिएन, तर उनका इज्जत त सगरमाथा भन्दा पनि माथि पुगे छ । पार्थिव शरीरलाई छोडेर गए पनि बाचुन्जेल उनको सम्झना रहि रहने छ।

-डिग बहादुर तामाङ्ग

 

प्रतिक्रिया