ग्रेण्डर मेशिन र खुकुरीले काटेर शव टुक्रा पारी जेब्रा झोलामा हालेर फाले,कान्छी श्रीमती र प्रेमीलाई प्रहरीले गरे सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन ११ गते २३:४६ मा प्रकाशित

धरानआफ्नै श्रीमानको प्रमीसंग मिलेर हत्या गरी धरान–४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा शव फ्याल्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय धरानमा मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले आफ्नै श्रीमानको प्रेमीसँग मिलेर हत्या गर्ने मृतक दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिए।उनीहरूले दिनेशलाई योजनाबद्धरुपमा हत्या गरेका थिए।गत बुधवार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो।

त्यसको भोलि पल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले शवको सनाखतका लागि मृतकको स्केच तस्बिर र हुलिया सार्वजनिक गरेको थियो।शव भेटिएको ६ दिनमा प्रहरीले मृतकका जेठी श्रीमती सम्म पुग्यो।सोही क्रममा योजनाबद्ध हत्या गर्ने मृतकका कान्छी श्रीमती र उनको प्रेमी सम्म प्रहरी पुग्न सफल भयो।

प्रहरीले हत्यामा संलग्न कान्छी श्रीमतीलाई सोमबार नै नियन्त्रणमा लिएको थियो।उनकै बयानको क्रममा प्रहरी उनको प्रेमी सरोज भण्डारी सम्म प्रहरी पुग्न सफल भएको एसपी सञ्जयसिंह थापाले बताए।उनीहरू दुबैलाई मंगलबार बिहान साढे ५ बजे मृतक दिनेशका कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीलाई पक्राउ गरी धरान ल्याइएको हो।

दुवै जनाले दिनेशको हत्या गरेको स्वीकारेको र उनीहरूलाई मंगलबारनै जिल्ला अदालत इनरुवाबाट ७ दिनको म्याद थप गरी प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाएको छ।

भिडियोः

https://www.youtube.com/watch?v=nnfkZF4ZnvY&t=1s

https://www.youtube.com/watch?v=Pfp0_iVYDEs&t=236s

प्रतिक्रिया