शहिदको रगतले मुछिएको
असिना पानीले चुटिएको
हिउँले कठ्याङग्रिएको
ज्वालामुखीको तापमा छट्पटाइएको
भूमरीले फनफनती घुमाउन खोजिएको
भुइचालोले बिक्षप्त भई पुनः जोडीएको
डम्पिङ्ग साइडको दुर्गन्धले निस्सासिएको
बेलाबखत लुटिएको
म धर्ति
मलाई गर्व लाग्छ जतीसुकै चोट सहे पनि
छाती फुकाउन सक्छु
आखीर म सबको धर्ती माता न हुँ ।
-अलका मल्ल
काठमाडौं
प्रतिक्रिया