आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’ मा चार जनालाई उपाधि

इनेप्लिज २०७८ फागुन ९ गते १०:३५ मा प्रकाशित

काठमाडौं,८ फागुन।डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा यसपटक चार जनाले उपाधि पाएका छन्।शनिबार काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)द्वारा आयोजित उक्त डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम,बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरिले माउन्टेनियरिङ उपाधि पाएका छन्।

विजेता बनेका चारै जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाएका छन्।

यस चौंथो संस्रकणमा आईआईएफटीमा फेसनमा डिप्लोमा कोर्ष पूरा गरेका १४४ जना डिजाइनहरुले सहभागी जनाएका थिए । तिनीहरुमध्येबाट चार जनाले उपाधि जितेका हुन् ।

‘ड्रेस टु इम्प्रेस’ सिजन चारका लागि हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्राशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा बुटिक एशोसिएशनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक मण्डल रहेक थिए।

पछिल्लो समय फेसन डिजाइनर बन्न चाहनेका लागि ‘आईआईएफटी ‘हब’ बन्दै गएको छ।त्यसैले पनि प्रत्येक सिजनमा कन्टेस्टहरुको पनि सहभागी बढ्दै गएको हो।

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले आफ्नो कलेजका विद्यार्थीहरुका लागि चार वर्षअघि ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए।

यसअघि ‘ड्रेस टु इम्प्रेस’मा तीन जनाले उपाधि जितिसकेका थिए । सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्युटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए।तर,यसपाली ‘थिम’को आधारमा पुरस्कृत गरिएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठाको प्रेक्षालयमा सम्पन्न कार्यक्रमको आतिथ्य नेपाली कांग्रेसमा सांसद एवं पूर्वमन्त्री भिमसेनदास प्रधानले गरेका थिए।

प्रतिक्रिया