इटहरी।इटहरी १७ कान्छी चौकका लक्ष्मण विश्वकर्मालाई श्रीमतीले छोडेर हिडेको दुई महिना बितिसक्यो।उनकी श्रीमती शोभा विश्वकर्मा कहाँ छिन् ? कस्तो अवस्थामा छिन् अत्तोपत्तो छैन।साधारण भनाभनपछि रातको समयमा बेपत्ता भएकी श्रीमती आउने आशमा दिन बिताइरहेका लक्ष्मण मिडिया मार्फत् श्रीमतीलाई घर आउन आग्रह गर्छन्।
छोरा र छोरी अनि आमासँग रहेका लक्ष्मणलाई अहिले न निन्द्रा लाग्छ,न त आफ्नो दैनिकी कार्यहरु नै गर्न मन लाग्छ।‘निष्ठुरीलाई माया गरी आफैलाई जोगी बनाएँ’ बोलको गीत उनको जीवनमा चरितार्थ भइरहेको छ।
लक्ष्मणको घरमा मुढा बनाउने कामदार र शोभा पनि सोही दिनदेखि गायव भएकी थिइन।सोही कारण छिमेकी र घरका आफन्तहरुले कामदारसँगै शोभा भागेको अनुमान गरेका छन्।लक्ष्मणले श्रीमती हराएको रिपोर्ट इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन पनि दिएको बताएका छन्।शोभा र कामदार गत मंसिर महिनाको दोस्रो सातादेखि सम्पर्क विहिन भएको शोभाका श्रीमानले जानकारी दिए।
भिडियोः
https://www.youtube.com/watch?v=JkZiMFylQpM&t=160s
प्रतिक्रिया