राष्ट्रिय कलाकर्मी सम्मान समारोह २०७८

इनेप्लिज २०७८ फागुन ७ गते १६:०९ मा प्रकाशित

प्रजातन्त्र दिवसको अवसर पारी एक्टिभ ईन्टरटेनमेन्ट प्रा. लि द्वारा आयोजना गरिएको पेशागत राष्ट्रिय कलाकर्मी सम्मान समारोह २०७८ बाट निर्देशक प्रकाश धिताल सम्मानीत भएका छन्।

लामो समय देखि नेपालि गीत संगीत अनि म्यूजिक भिडियो क्षेत्रमा क्रियासिल रहेर कला, संस्कृतिको संरक्षण, संवर्धन एवम् पर्यटन क्षेत्रको उन्नति र श्रीबृद्धिको लागि निर्देशक धितालले दिइएको अतुलनिय योगदानको उच्च कदरको मूल्यांकन गर्दै “सर्वोउत्कृष्ट म्यूजिक भिडियो निर्देशक” बाट सम्मनित गरीएको हो।

कला संस्कृति राष्ट्रको गौरव अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मूल मन्त्रका साथमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक विजेन्द्र नौबागेले बताएका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्ण सम्मानीत ब्यक्ति हरुलाई पूर्व उप- प्रधान मन्त्री,पूर्व उपसभापति,वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि गोपाल मान श्रेष्ठले सम्मनित गरेका थिए।कार्यक्रममा विभिन्न क्षेत्र बाट संलग्न समाजसेवी,कलाकार,व्यापारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया