चर्चित गायिका रचना रिमालको प्रतिक्षित गीत ‘लौन के गरौँ’ मा इस्टु र प्रबिनको अभिनय

इनेप्लिज २०७८ फागुन ७ गते १०:५६ मा प्रकाशित

काठमाडौं ।साहित्यकार किरण पल्पसा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

अमेरिकामा बसेर पनि नेपाली कला,साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’सँग ह्याण्डसम मोडल प्रबिन डिसीको रोमान्स देख्न सकिन्छ।भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले देखाएका छन्।

दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ।भिडियो निकै नै स्तरिय बनेका कारण दर्शकहरुले रुचाउने कुरामा विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया