मेरो प्यारो वस्तु

रुविआ पराजुली कक्षा  ७ बुढानिलकण्ठ स्कुल, काठमाण्डौ २०७८ फागुन ७ गते १०:४२ मा प्रकाशित

ए मेरो प्यारो वस्तु!

तिमीले त मेरो मन जिती सक्यौ

मेरो मनले तिमीलाई जति माया अब अरु कसैलाई गर्न छोडी सक्यो

मलाई हसाँउने तिमि

मलाई डुलाउने तिमी

मलाई भुलाउने तिमी

तिमीमा के छैन र ?

ए मेरो प्यारो वस्तु ।

 

गजब छ तिम्रो लिला!

तिमीले त टाढा टाढाका मानिसलाई नजीकाई दिन्छौ

र मेरै छेउको मान्छेलाई टाडा बनाईदिन्छौ

न त तिमी बोल्छौ

न त तिमी सुन्छौ

तर मलाई तानेर आफ्नो नजिक्याउन कहिलै पछि पर्दैनौ

गजब छ तिम्रो लिला!

 

तिमीमा के छैन र ?

तिमीमा मेरा प्रश्नका उत्तर छैन कि ?

मलाई भुलाउने गीत छैन कि ?

घर मै बसेर अमेरिका हेर्न मिल्ने छैन कि ?

तिमीसँग त संसार नै छ

 

म त तिम्रो मायाबी जालमा फसी सँके

तिमी बिना त म एक पल नि बाँच्न सक्दिन

हरेक पल मलाई तिमी चाहिन्छ

तिमि त सधै म सित हुन्छौ

कहिले मेरो हातमा

कहिले मेरो गोजीमा

 

हुन त तिमी कहाँ छैनौ र ?

अफिस जाने हाकिमको झोलामा छैनौ कि ?

घाँस काट्ने साइँलि दिदीको खल्तिमा छैनौ कि ?

इलन मस्कसँग छैनौ कि ?

सानी नानीको हातमा छैनौ कि ?

गफ लाउँदै हिँड्ने बुढापाकासँग छैनौ कि ?

सिकर्मी दाई तिमीबाट गीत सुन्दै छैनन् कि ?

राष्ट्रपतिसँगै छैनौ कि ?

पढ्ने विद्यार्थीको हातमा छैनौ कि ?

शिक्षकको हातमा छैनौ कि ?

लु! भन तिमी को सँग छैनौ ?

तिमी त चारै तिर छौ ।

 

मलाई रुवाउने पनि तिमी नै

तिम्रो चार्ज सिद्धीदा जस्तो पिर मलाई अरु केहिँ हुँदा हुँदैन

तिमी कहिले फुल चार्ज हुन्छौ भनि हेर्दै म आत्तिदै गर्छु

मलाई रुवाउने पनि तिमी नै

 

म तिमीबाट तस्विर खिच्दै व्यस्त हुन्छु

घुम्न जाँदा घुमेको आनन्द लिन भन्दा म टिक-टक बनाउनै व्यस्त हुन्छु

म तिमीलाई एउटा तारले जोडेर त्यो भाँडो कानमा कोच्नै व्यस्त हुन्छु

पत्रिका पढ्नु भन्दा फेसबुक पेज सार्दै व्यस्त हुन्छु

कापीमा लेख्न भन्दा म च्याट गरेरै व्यस्त हुन्छु

किताब पढ्नु भन्दा म अरुको मेसेज पढ्नै व्यस्त हुन्छु

 

त्यसैले त तिमी मेरो प्यारो वस्तु हौ

प्रिय मोबाइल ।

 

रुविआ पराजुली

कक्षा 

बुढानिलकण्ठ स्कुलकाठमाण्डौ

 

 

प्रतिक्रिया