* साँझ

रविन्द्र श्रेष्ठ, भर्जनिया/अमेरिका २०७८ फागुन ६ गते २३:१४ मा प्रकाशित

क्षितिज पारि
बादलको च्यापमा
गोधुलि भित्र
साँझ जलीरहेछ
दन्किरहेछ आगोका मुस्ला
एकतमास पर्खिरहेछ
सन्नाटा उत्ताउलो रंगीन साँझ
सुर्य जलेर
पग्लदै गलेर
महादेबले कालकुट बिष पियर
निलाम्य भै दिदा
जल्नु र पग्लनुमा
सुर्य पनि त बिवशछ
आँकाश बादल दनदनी जलाएर
चुहाउदै वरिपरी आगोका लप्का
तप तप पग्लिरहेछ
जंगल पोखरी जलाएर
रंगीन अंगालो फैलाउदै
रातले क्वापल्याक्क निल्न
सन्नाटा अंगालो फिजाईरहेछ
चराहरु थाकेर बासस्थान फर्कदैछन्
जनावरहरु जंगल बाटै हेरिरहन्छन्
पानीमा चुहुदैछ रंगीन साँझ
छायामा गोधुली दृष्य
भाबुक कबि
अक्षरश:गुन्दै छ
गोधुली बुन्ने
ति भावनाहरु
एक सुरमा जलेको
आगोको डल्लो लाई
क्लिक क्लिक आवाजमा
छाया चित्रकारहरु
क्यामेरा भित्र क़ैद गर्दैछन्
सन्नाटाको मौन दृष्य !!!

-रविन्द्र श्रेष्ठ, भर्जनिया/अमेरिका

प्रतिक्रिया