पोखराको पहिलो केबुलकार आज बाट संचालनमा ,भिडियोमा हेर्नुहोस यस्तो देखियो

इनेप्लिज २०७८ फागुन ६ गते ११:३६ मा प्रकाशित

पोखरा ३ फागुन-पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायिक रुपमा फागुन ६ गते देखि संचालनमा आएको छ। पोखराको पहिलो केवलकारको सफ्ट ओपनिङका साथ् संचालनमा आएको हो।

केबलकार निर्माण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङ्कोट डाडाँमा पुग्न सकिने छ।नेपालीहरुका लागि केवलकारमा जाने आउने शुल्कः ७ सय,सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरुलाई भने ८ डलर शुल्क निर्धारण गरिएको छ।ज्येष्ठ नागरिकको लागि ५० प्रतिशत र बिद्यार्थीहरुको लागि २५ प्रतिशत छुटको व्यबस्था गरिएको निर्देशक त्रिपाठीले जनाए।

१३ बर्षको आफ्नो सपना हाल सकार भएको बताउदै त्रिपाठीले जग्गा बिबाद,कोरोना सहितको प्राविधिक कारणले उक्त केवलकार संचालनमा आउन समय लागेको बताए।जापानीज निपुन केवलका टिम लिडर ओचीआईको नेतृत्वमा ७ सदस्य टोली हालै उक्त केवलकारको सफल परिक्षण गरेसंगै व्यवसायिक रुपमा संचालन गर्न लागेको त्रिपाठीले जनाए।परियोजनाका प्राविधिक इन्चार्ज डि.एन.कायस्थले उक्त केवलकार अत्याधुनिक प्रविधि जडान भएकोले सुरक्षाको दृष्टिले निकै मजबुद भएको दाबी गरे।

परियोजनामा हाल २ अर्ब लगानी भएको निर्देशक त्रिपाठीले बताए।२.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेका छन् भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) जडान भएको जनरल म्यानेजर दिनेश पौडेलले बताए।प्रति डिब्बामा ८ जनाको सिट क्षमता रहेको छ भने प्रति घण्टा ५ सय जना यात्रु ओहोर दोहोर गर्न सकिने छ।कम्पनीले पूर्ण व्यावसायिक रुपमा केवलकार संचालन भएसंगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने भएको छ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए। उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षमताको भएको उनले जनाए।केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी,पूर्व जापानी नागरिक टाकासी मियाहारा र स्थानीयको लगानी रहेको प्रालिले जनाएको छ ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन्।केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो।नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताए।उनका अनुसार तल्लो तथा माथिल्लो स्टेशनमा १५÷१५ रोपनी सहित करिब ७५ रोपनी जग्गा खरिद गरिएको छ।

प्रतिक्रिया