काठमाडौँ।अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ।
रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन्।गीतमा संगीत संयोजन राहुल प्रधानको छ।
गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन्।रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिसी र इष्टु कार्की को अभिनय देख्न सकिन्छ।
जस बहादुर याक्खाको निर्देशन भिडियोमा दिपक गिरीको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।गीतलाई ओ एस आर डिजिटलको टुयुट्वबाट सार्वजनिक भएको हो।
एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार किरण पल्पसा का शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन्।
प्रतिक्रिया