‘म यस्तो गीत गाउँछु-२’ टिमले उद्घाटन गरे व्यवसायी टिभी स्क्रिन

इनेप्लिज २०७८ फागुन ५ गते १०:५५ मा प्रकाशित

 

काठमाडौं।नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु-२’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ।फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार पूजा शर्मा, पल शाह,निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी प्रचारमा व्यस्त छन्।

फिल्म प्रचारकै क्रममा कमलपोखरीको सिटी सेन्टरस्थित बिग मूभिजमा पुगेका यो टिमले व्यवसायी टिभी स्क्रिनको उद्घाटनसमेत गर्न भ्याएका छन्।भ्यालेन्टाइन डेमा बिग मूभिज पुगेका फिल्मकी अभिनेत्री पूजा,अभिनेता पल शाह र निर्देशक सुदर्शन थापाले टिभी स्क्रिनको उद्घाटन गरेका हुन्।१८÷२१ को फिटको उक्त व्यवसायी टिभी स्क्रिन नेपालकै पहिलो हो।

अक्सर निर्माण युनिट फिल्म रिलिज भएपछि हलमा पुग्ने गर्दछन्।तर, यो युनिट भने प्रदर्शन अगाडि नै हल हलमा पुग्न थालेका छन्।दर्शक सँग प्रत्यक्ष साक्षात्कार र फिल्मको प्रचारका लागि आफूहरु हल हलमा पुगिरहेको निर्देशक सुदर्शन थापाले बताए।

 

प्रतिक्रिया