कविता:प्रेम

सुशील नेपाल २०७८ फागुन ३ गते ०:०२ मा प्रकाशित

चुलीएको हिम पर्वतको
बदनमा थुप्रेका हिऊंको आवरणमा,
लाज मानेर बसेकी वेहूलीको मनोदशा बोकेर,
वदनमा कौतुहलताको संकेत दिन खोज्दा,
शुभ-प्रभातको घामले,
यत्नसाथ घुम्टो उघार्न प्रयास गरेर
हिमालयको वदन सुस्तरी चुम्छ,
शनै शनै घाम रापिलो हुदैं जान्छ,
हिऊ पग्लीन थाल्छ,
सम्वाद हुदैन,घामको अंकमाल र
त्यो रापीलो न्यानोपनले हिऊं पग्लिन्छ,
घुम्टो उघार्छ घामले
र सोध्छ,अव तिमी तयार छ्यौ,?
कति तातो वनौं भन् ,
खलखल हिऊं पग्लीन थाल्छ,
रापको उद्वेग चरममा पुग्छ र
सम्पुर्ण आलिंगनले हिमशिखरमा लालिमा छरिन्छ,
मन्द मन्द वतासको मिठो धूनले
सर् सर् गरेको सुनिन्छ,
शीखरबाट हिऊं लगातार पग्लीन थाल्छ,
यसरी नै हिमखण्ड र –
प्रणयको प्राकृतिक परिसरमा
अथाह प्रेम फैलिन्छ,
हरेक विहान सुरुहुने यो
हजारौं वर्षको निशर्त
प्रेम!

२/१४/२२

प्रेम दिवस

राजमित्र प्रांगण
माल्डेन,बोस्टन,अमेरिका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया