लघुकथा=भ्यालेन्टाइन डे

सुशीला सुवेदी पाठक २०७८ फागुन २ गते २३:५२ मा प्रकाशित

बिहानै श्रीमान् ओंछ्यान मै हुदा मर्निङ वाकको लागि बाहिर जानू भएको थियोे।घडि हेरे बिहानको छ बज्दै थियोे।अब उहाँ आउने बेला भयो भनेर उठेर चिया बनाउन जान लाग्दा मोबाइलमा मेसेज को घण्टी को आवाज सुनी हेरे,”हेप्पि भ्यालेन्टाइन डे”।

मनमा धेरै खुशी छायो। मेसेज २,३ पल्ट पढेर खुशी भए।मेरो ध्यान नम्बर तिर गयो।नम्बर नयाँ थियोे।सोचे मलाई सरप्राईज दिनु भएको होला नयाँ नम्बर बाट। एक मनले खुशी भए आफ्नो बुढाले यतिका बर्षमा कहिले नि नभनेको आज भन्नू भयो भनी धेरै खुशी भए।आज प्रेम दिवसको लागि उहाँको स्पेसल नास्ता र कफि बनाउन किचन तिर जानै लाग्दै गर्दा फेरि मेसजको घण्टी बज्यो।लेखिएको थियो,”,सरि रङ नम्बर परेछ।”

 

सुशीला सुवेदी पाठक

सुन्दरहरैचा,मोरङ

प्रतिक्रिया