सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

इनेप्लिज २०७८ फागुन १ गते ४:४० मा प्रकाशित

काठमाडौं।मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन्।गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ।विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन।

गायक सरगम राईको शब्द,संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ।सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ।

केशव राज भटटले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन बुद्ध थापाले गरेका हुन्।भिडियो सम्पादन दिनसोन शाहले गरेका छन्।सार्वजनिक गीत गायक सरगमले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।‘माया गाढा छ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया