क्यानडा प्रहरीले अमेरिकाको एम्बासडर पुलमा अवरोध गर्ने प्रदर्शनकारीहरूलाई हटाउने प्रयास सुरु

इनेप्लिज २०७८ माघ २९ गते १५:५४ मा प्रकाशित

क्यानडा प्रहरीले अमेरिकाको एम्बासडर पुलमा अवरोध गर्ने प्रदर्शनकारीहरूलाई हटाउने प्रयास सुरु गरेको छ ।

क्यानाडेली प्रहरीले शनिबार बिहान डेट्रोइटको एम्बासडर पुलमा बाट प्रदर्शनकारीहरूलाई खाली गर्ने प्रयास सुरु गरेको सिएनएनले समाचार लेखेको छ ।क्यानाडामा ९० % चालकहरुले कोरोना बिरुद्ध खोप लगाई सकेता पनि बाकि रहेका १० % ले हड्ताल गरेका हुन ।

क्यानडाले ६ दिन देखि बन्द रहेको अत्यधिक व्यस्त र अपरिहार्य सडकमा अबरुद्ध हुँदा क्यानडाले ठूलो क्षति बेहोर्नु परेकोकी छ । प्रदर्शनकारीहरूले उत्तर अमेरिकाको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय आवत जावत राजमार्ग बन्द गरे पछि सरकारले हटाउने प्रयास गरीको हो ।

दर्जनौं प्रहरी अधिकारीहरू क्यानाड तर्फको पुलको फेदमा प्रदर्शनकारीहरू नजिक विन्डसर शहरमा बिहान ८ बजे पुगेका छन् । त्यहाँ केही प्रारम्भिक केही प्रदर्शनकारीहरू आफैं टाढा सर्दै रहेका र अस्थायी त्रिपाल क्षेत्र भत्काउँदै गरेको सिएनएनले बताएको छ ।

केही पैदल यात्रीहरू बिहान १० बजेतिर पुलतर्फ जाने सडकको चौक छेउमा रहेका थिए भने जसमा केही उभिएका प्रहरी अधिकारीहरूसँग कुरा गर्ने वा चिच्याइरहेका थिए। करिब २० वटा आन्दोलनकारी सवारीसाधन त्यहाँ बाँकी रहेको बताईएको छ ।

एक न्यायाधीशले प्रहरीहरुलाई पुल क्षेत्र खाली गर्न सुरु अनुमति दिए पछि यो कदम एक दिन पछि आएको हो । नाकाबन्दी अन्त्य न्यायाधीशले प्रदर्शनकारीलाई साँझ ७ बजेसम्मको समय दिएका थिए । प्रदर्शनकारीहरूको संख्या रातारात घटेको छ ।

 

प्रतिक्रिया