“सुटुक्क दिलमा पस्यौ राजै पत्तै नपाइकन
मुटु माझ बस्यौ राजै पत्तै नपाइकन ।”
”सुनिता बस्नेत थापाको शब्द रचना राजकुमार बगरको संगीत र रानी शाक्यको स्वरमा विगत दुई हप्ता देखि यस गीतले नेपाली साँगितिक दुनियाँमा एकलौटी राज गर्न भ्याएको छ भन्दा अन्यथा मान्नु पर्दैन । गीतकि जन्मदाता र प्रस्तुतकर्ता दुबै अमेरिकामा स्वास्थ सेवामा संलग्न भए पनि उहाँहरूको मन र मष्तिष्क भने नेपाली साहित्य र संगीतमा समर्पित छ ।
प्रणय दिवशको केहि दिन अघि यो गीत बजारमा ल्याइएको थियो। यो गीतले लाखौँ प्रेयसी र प्रियतमका दिलमा सुटुक्कै पस्नेहरूको यथार्थतालाई व्यक्त गरेको छ । हाम्रो पूर्विय संस्कृतिमा छोरी मान्छेले आफ्ना भावनाहरू व्यक्त गर्नलाई अधिकार छैन । नारीहरूका मनमा भएका भावानहरू उत्शाह उमंगहरू र सॅवेग व्यक्त गर्दा ओठ लेप्र्याइन्छ।इच्छाहरूलाई कुण्ठित बनाएर राखेको नै मन पराइन्छ।प्रेमको मामलामा पुरुषले नै भनोस्। पछि लागोस् भन्ने धारणा राखिन्छ।महिलाले आफ्ना चाहना, भावना खुल्ला ब्यक्त गर्दा जिब्रो काडिन्छ । यस्तो अवस्थामा नारीले कुनै पुरूष सँग खुल्ला रूपमा थाहै नपाई तिमी मेरो दिलमा पस्यौ भन्न सक्नु नारी चेतनाको बिद्रोह पनि हो। नारीले लेखान्तमै भएर होला तिमीलाई पाएँ भनेको छ । यसले नेपाली संस्कृतिमा देखिएको भाग्यवादको प्रतिविम्व झल्काउँछ। तिम्रो प्रितीको डोरीले कसिएको दिललाई जुनि जुनि सम्म गाउँछु भनेर एक नारीले निर्धक्क भनेकी छन् । गीतकार सुनिता बस्नेत थापा सामाजिक बिकृति र विसंगतिका बिरूद्ध कविता, कथा र लेखहरू मार्फत आवाज उठाउँदै आएकी स्रस्टा हुन । यो गीतमा पनि त्यही चेतको विद्रोही आवाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
दुई अर्थलाग्ने खालका शब्दहरु राखेर गीतलाई ‘हिट’ बनाउने प्रचलनलाई चुनौती दिंदै सिधा, सरल र सरश ढॅगले मनमा ॲकुराएको प्रेम नारी कन्ठबाट पनि व्यक्त गर्न सकिन्छ भन्ने कुरा ३ वटी नारीहरुले शब्द, गला र कला मार्फत ब्यक्त गरेका छन्।गीत सुन्दा हेर्दा यो गीतमा नै चुर्लुम्मै डुबाउन सफल यो गीत अश्लिलता र गुनासोले भरिएका गीतहरुलाई पछार्दै सबै जसो रेडियो र एफएम, टेलिभिजन, रेस्टुरेन्ट, यातायातका साधन, डिजिटल प्लेटफर्म Amazon, Apple Music, Tidal आदिमा सफलतापुर्वक गुन्जिएको छ। नेपालका प्रतिष्ठित कलाकारहरु कृष्ण मल्ल/सर्मिला मल्ल, हर्के हल्दारको जोडी एवं अन्य Tiktok कलाकारहरु माझ यो गीत भाइरल नै बनेको छ।
‘सुटुक्कै’ गीतको स-शक्त गायन र मनोरन्जनात्मक नृत्य/अभिनयले धेरै श्रोता दर्शकको मन चोरेको देखिन्छ। लोकप्रिय गायिका रानी शाक्यको मखमली आवाजलाई विना राउतको आकर्षक नृत्य र अभिव्यक्तिले आत्मसात गरेको दिन्छ भने सरोज राना प्रजाको साथले गीतलाई पुर्णता दिएको छ।गीत सुन्ने वित्तिकै मुखैमा झुन्डिने धून बनाएर जादु भर्न सफल सॅगीतकार राजकुमार बगर स्वयॅले मिक्सिंग मास्टरिंग गरि गीतलाई बॅाधेका छन्।त्यसै गरि गीतका निर्देशक एवं कोरियोग्राफर रामजी लामिछाने शब्द, सॅगीत र स्वरको मर्मलाई विशुद्द मनोरन्जनात्मक कोशेली बनाउन सफल छन्। ॲग प्रदर्शन र बासना विना पनि प्रेम आकर्षण प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण पनि हो यो गीत।
नेपाली साँगीतिक क्षेत्रमा रचनाकार र संगीतकारहरू ओझेलमा परेको देखिन्छ।गायक/गायिका पनि विस्तारै छायॅामा पर्दै गरेको अवश्थामा गीतको अडियो/भिडियो पोस्टरमा सबै स्रष्टा कलाकार एकमुष्ट देख्दा लाग्छ यो गीत रचनाकार, सॅगीतकार, गायिका, नायक/नायिकाको सामुहिक प्रतिफल हो। सबैको पहिचान उत्तिकै महत्वपूर्ण छ । सम्बन्धित निकायले गीतहरू प्रशारण गर्दा सबैको नाम लिने परंपरालाई अनिवार्य गरियोस् भन्नो आशय पनि देख्न सकिन्छ।
“सुटुक्कै” गीतकि गीतकार सुनिता बस्नेत थापा, संगीतकार राजकुमार बगर, गायिका डाक्टर रानी शाक्य, सॅगीत सॅयोजक राजु कार्की, निर्देशक रामजी लामिछाने, कलाकारहरू विना राउत, सरोज राना प्रजा तथा अन्य कलाकारहरूको बेजोड प्रस्तुतिको लागि हार्दिक बधाइ छ।परोक्षरूपमा योगदान पुर्याउनु हुने संगीतटोलीलाई बधाई छ।
सामाजिक चेतना र सभ्यता बोकेको यो गीत सबे उमेर समुहका मनमनमा सुटुक्कै पसिसेको छ । झन युवा यूवतिका मनमात राजकुमर र राजकुमारी भएर बस्नेमा म विवस्वस्त छु।
“हाप्पी भेलेन्टाइन डे -सुटुक्कै”
प्रतिक्रिया