तिमीलाई आँखामा राख्छु भन्थें,
ऐना हेरेको आँटै भएन,
तारा टिपेर दिन्छु भन्थें,
नसकिने कल्पना रहेछ,सकिएन् !
गर्न सक्ने कुरा भन्छु,
तिम्रो हात आफ्नो हातमा राखेर,
खोला किनारमा वसेर,
केही तिम्रो सुन्न सक्छु,
केही आफ्नो भन्न सक्छु !
तिमी मेरो मुटुमा छिर्छु पनि न भन्,
सक्दिनौं,।
आँखामा वस्छु पनि नभन्,
सक्दिनौ,
नसक्ने र नहुने कुरा आज नभन्,
तारा गनेर सक्दिनौ,
नगन् ,
भावनामा आउंछन् भने आउन देऊ
रमाईलो लाग्छ,
तर आऊ दुई चार कदम संगै हिंडौं
तिमी हिडन सक्छ्यौ,
दुई चार कदम म हिंडन सक्छु ,
हिंडछु,
गीत र गजलमा भावनालाई वग्न देउ,
आज म वस्छु तिम्रो छेऊं
तिमी वस मेरो छेऊं
वग्दछ वादल बग्न देऊ,
हावालाई पनि चल्न देऊ,
चराहरू चीरविर चीरवीर गरि रहुन्,।
वदलिएका पातको रंग हेर,
को होला त्यो चित्रकार ?
कौतुहलले आल्हादित हुन सक्छौं,
हामी दुवै,!
धरतीमै वस मसंगै,
विपनामा,
म तिम्रो हातमा सुस्तरी सुमसुमाउंला,
तिम्रा आँखामा लेखेका प्रेमिल भड्गीमा ,
लाई निर्वाध हेर्न देऊ,
म तिमीलाई हेरि रहूंला
तिमी मलाई हेरि रहू !
१/१०/२०
-सुशील नेपाल
राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरीका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया