हाम्रो घरको झगडाले डाँडाकाँडा हल्यो
बुढो गोरु जोदाहाथ्यो कान्लाबाट पल्ट्यो
हली पनि गुट्मुटिई सत्यानास भो फाली
हरिश पनि दुई टुक्रा भो हेर्छे घरकी छोरी ।
जोतारो र हल्लुँडो त भयो धुजाधुजा
आज भोलि पाक्न छाड्यो हाम्रो घरमा मुर्गा
सबैजना बन्न खोज्छन् घरको ठूलो ठालु
हिस्स बुढी खिस्स दाँत भागमा पर्यो आलु
।
अँध्यारो र झगडाले नोक्सान मात्र पार्छ
झगडाको परिणाम यस्तै हुने गर्छ
जोत्न सक्ने गोरु जति पाखा भित्ता लागे
मेलो सक्न बूढा बाले बुढो गोरु डाके
तीन अक्षरी शब्दभित्र तिनै अक्षर बाङ्गो
झगडा नै झगडाले पार्न सक्छ नाङ्गो
कहाँ पाउनु कमाइ नभई घरमा मीठो खान
सोच मात्र बदलिन्छ पलाउँदैन ज्ञान।
(नमोबुद्ध नगरपालिका वडा नं। ४,काभ्रेपलाञ्चोक)
(कवि सिलवालका वि।सं। २०२८ सालमा ‘मेरो कल्पना कविता संग्रह,वि।सं। २०५८ ‘मनैभरि माया’ गीतिकविता संग्रह र वि।सं। २०६५ वैशाखमा ‘तिमी हामी साथी’बालकविता संग्रह प्रकाशित छन्।उहाँका गीत,कविता र लेखरचना राष्ट्रियस्तरका दैनिक, साप्ताहिक एवं मासिक पत्रपत्रिकामा समेत प्रकाशित छन् ।
प्रतिक्रिया