टुक्का पाठशालामा विशेष टुक्का अभ्यास गर्दै सरस्वती पूजा सम्पन्न !

इनेप्लिज २०७८ माघ २४ गते २२:१५ मा प्रकाशित

काठमाडाैँ, २०७८ माघ २३ गते टुक्का साहित्य समाजकाे आयाेजनामा वसन्त पञ्चमी तथा सरस्वती पूजाकाे अवसर पारेर “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३१” सम्पन्न भएकाे छ ।

टुसास का अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७५ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम टुक्का पाठशालामा सञ्चालन भएकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले सरस्वती पूजा सम्बन्धी चाेटिला टुक्काहरू सिर्जना गरेका थिए ।

वसन्त पञ्चमी लाई विद्या र सङ्गितकी प्रतिरुप सरस्वतीकाे पूजा आराधना गर्नुकाे साथै सिर्जनाका विशेष ओैजारहरू कलम, मसी अनि कागजकाे पूजा गरेर मनाइने विशेष दिनकाे रुपमा लिइन्छ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईंले विद्याकी देवी सरस्वतीले हामीहरू सबैलाई अझैँ धेरै ज्ञान प्रदान गरुन भन्दै सरस्वती पूजा तथा राष्ट्रिय पुस्तक दिवसकाे अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

अभ्यासका क्रममा सङ्कलन गरिएका केही टुक्काहरू :

[१]
सिर्जनात्मक कलमहरू सद्भावनामा खुलाेस्
सरस्वतीकाे आराधनामा याे मन सधैँ भुलाेस्।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[२]
सरस्वती माता विद्या दाता हे ज्ञान कुञ्ज
गर्छु आराधना पाऊँ अथाह ज्ञान पुञ्ज ।
✍️ देव वर्तिनी

[३]
सरस्वती माता तिमी विद्या कि हौ खानी
आफ्नो ज्ञान विवेकले बनाउ है ज्ञानी।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ ।

[४]
हे शारदे शुभ घडी पल आज आयो,
आत्मीय शब्दहरूमा अझ प्रेम छायो।
✍️ पौडेल विमुन्स
पोखरा कास्की ।

[५]
सरस्वती माता तिमी विद्याकी खानी,
बनाइदियौ संसारलाई नै ज्ञानी ।
✍️ अम्बिका गिरी
विराटनगर ।

[६]
सरस्वती माता तिमी म हुँ अज्ञान बालक,
ज्ञान विद्या भरिदेउ सदा छु आज्ञापालक ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

[७]
जीवित प्राणी बाँच्नलाई चाहिएको छ आधार,
सरस्वती माता फिजाइदेऊ ज्ञानको भण्डार।
✍️ म्यामराज राई,
हतुवागढी,भोजपुर ।

[८]
सरस्वती माता विद्याकी खानी
अज्ञान हटाई बनाउ ज्ञानी ।
✍️ दुर्गा भट्टराई
मोरङ ।

[९]
विद्याकी खानी तिमी सरस्वती माता
शिक्षाकाे भण्डार हाै तिमी ज्ञान दाता ।
✍️ प्रेम कला चापागाईं
मेचीनगर १२, झापा ।

[१०]
विद्या देऊ बुद्धि देऊ मलाई हे दाता ,
तिमीलाई पुकार्दैछु, सरस्वती माता ।
✍️ केशवप्रसाद ढकाल `ढकाल ´
गाेरखा ।

[११]
अज्ञानीमा ज्ञान भर्ने सरस्वती माता
सद्बुद्धिको बाटो पहिल्याउ दिने ज्ञाता ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक ।

[१२]
विद्या देवी सरस्वती धरतालकी रानी
अजीब शक्ति तनमा ज्ञान गुनकी खानी ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४  बिगारे जुम्ला।

[१३]
ज्ञानको आयातन बढाउने उत्कृट छ चाह,
सरस्वती माता विद्याको भण्डार देउ अथाह ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा।

[१४]
सरस्वती ज्ञानकी प्रतिमूर्ति पूजा गर्छु तिम्रो सधैभरि

हातमा वीणा र पुस्तक लिएर हंसमा बस यसैगरी ।
✍️ अम्विका अधिकारी

झापा, विर्तामोड ।

[१५]
ज्ञान बुद्धि र विवेकको बनाई देउ ज्ञाता,
तिम्रो आराधना गर्दैछु म सरस्वती माता।
✍️ दुर्गा आचार्य
मोरङ ।

[१६]
जहाँ हुन्छ सरस्वतीको बास,
त्यहाँ हुन्छ अज्ञानताको नास।
✍️ खग्रास

[१७]
सत्यलाई साबित गर्दै हटोस् दुख कष्ट,
ज्ञानी बनुन् सबै जन पापको होस नस्ट ।
✍️ माधवी भट्ट
सुर्नया-३ (बैतडी )

[१८]
वसन्त पञ्चमी तिम्रो जन्म दिवस मान्दछु
भण्डार ज्ञान विज्ञान बुद्धिकी देवी जान्दछु।
✍️ कमला  देवकोटा
पाल्पा ।

[१९]
ज्ञानकी देवी सरस्वती बुद्धि देऊ माता,
मति भ्रष्ट त धेरै बढे लौन हे विधाता ।
✍️ वसन्त अनुभव
दाङ ।

[२०]
माफ गर्दै गल्ति हाम्रो स्वीकारेर लेउ
माता तिमी सरस्वती विद्या दान देउ।
✍️संझना कुसुम
पाेखरा ।

[२१]
सरस्वती माता तिम्रो आराधना सधै गर्छु,
ज्ञानी बन्न सधै म त पढ्न लेख्न अघि सर्छु।
✍️ नवशिला
बेलबारी-२,लालभित्ती, मोरङ ।

[२२]
सरस्वती माताको कृपाहेतु उनकै शरणमा जाँऊ,
कला,संगीत अनि साहित्यको सेवामा अघि सर्न पाँऊ।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग, भारत।

[२३]
देवी सरस्वती ज्ञान बढाऔं
मुर्ख विनाश ती दुर हटाऔं।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ।

[२४]
विद्या दिने,बुद्धि दिने तिमी नै हो महाज्ञानी
आविष्कार,चमत्कार,अनन्तमा शुद्ध मानी ।
✍️ दस्ता कौशिक
पाँचथर।

[२५]
विद्याकी देवी ज्ञानकी खानी
वीणा धारिणी हाै माता रानी ।
✍️ लक्ष्मी प्रसाद फुयाल

[२६]
ज्ञान दिन्छिन्,कला दिन्छिन्, पूजा गर्दछु उनको
सम्पत्ति भए मूर्ति बनाउने थिएँ सुनको।
✍️ दीपक ठटाल जलन
खरसाङ ।

[२७]
सरस्वतीको बास होस सबैको घर घरमा,
जिउन सबै मान्छेहरु ज्ञान गुणको भरमा ।
✍️ कर्ण दयाल
मेलौली नगरपालिका ७, बैतडी ।

[२८]

ज्ञान भन्दा ठुलो छैन अरु कुनै तत्व
शिक्षाले नै दिन्छ जीवनलाई महत्त्व ।
✍️ अम्बिका कोइराला
धादिङ ।[२९]
विद्याकी स्रोत तिमी! सबलाई ज्ञान छरिदेऊ
जगतका दुष्ट प्रवृतिहरू नाश गरिदेऊ।
✍️ मनोहरी पौडेल
गैडाकोट-१ ।

[३०]
सरस्वती देवीलाई सम्झी केही त गरौँ,
हाम्रो दिमागमा अब असल कुरा भरौँ ।
✍️ विक्रम तिरुवा सलिन
तिला गाउँपालिका ३ कुडारी जुम्ला ।

[३१]
सरस्वती माता तिमीले सबैलाई ध्यान सारिदेऊ
संसार भरि विद्या, ज्ञान छरेर उज्यालो पारिदेऊ।
✍️ प्रकाश बुढाथोकी
असम भारत।

[३२]
अज्ञानमा ज्ञान, ज्ञानमा विवेकको ज्योति देऊ,
तिम्रै शरणमा पर्दछु माता क्षितिजको छेऊ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।

[३३]
हे सरस्वती माता ज्ञान र बुद्धि  देउ सब जनमा,
बुद्धि विवेक ज्ञानी हुन पारिदेउ साराको मनमा।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड, झापा ।

[३४]
विद्या देउ बुद्धि देउ हे देवी सरस्वती विद्याकी खानी
जसले गर्छ आराधना तिम्रो उही हुन्छ भवमा ज्ञानी।
✍️ ओमकुमारी बन्जारा
काठमाडौं ।

[३५]
ज्ञान बुद्धि विवेक सम्पूर्ण विद्याकी साक्षर छौ सरस्वती दाता,
सधैँ नै तिम्रो पूजा अर्चना गर्दछु शाश्वत बनाई देउ माता ।
✍️ बेदु न्यौपाने
काठमाडौ।

[३६]
हे सरस्वती माता तिमी हाै ज्ञानको खानी
मानव जगतलाई बनाई देउ ज्ञानी ।
✍️ राम कुमारी खडका
तुल्सिपुर उ न पा १९ बिजौरी दाङ्ग।

[३७]
माता सरस्वती विद्याकी हौ खानी
बुद्धि विवेक दिई बनाऊ ज्ञानी ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[३८]
सरस्वती माताको शरण पर्न जाऊ
ज्ञान वृद्धि गरी अघि अघि सर्न पाउँ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी ।

[३९]
विद्या दिने बुद्धि दिने पहिलो सृष्टि
सबैकाे जीवनमा आउने तेस्रो दृष्टि ।
✍️ माहादेव भट्ट
दशरथ चन्द नगरपालिका ०१
गुरुखोला कलौन बैतडी

[४०]
सद्बुद्धि देउ माता जाेड्दछु दुई हात
सदैव श्रद्धाले झुक्दै बिताेस् दिन रात।
✍️ बिमला पौडेल
भरतपुर ७

[४१]
जताततै ज्ञानगंगाकाे दृष्टि छरिदेऊ
खुल्ने गरि नयनहरू बुद्धि भरिदेऊ।
✍️ त्रिलोचन भण्डारी
झापा , मेचीनगर ।

[४२]
ज्ञान देऊ बुद्धि देऊ मलाई विद्या देऊ
मनका यी दु:ख पीडा हरण गरि लेऊ ।
✍️ ललिता अभागी
सुनकोशी ५ सिन्धुली

[४३]
शिक्षार्थी बनेर शिक्षा लिन पाउँदा
सरस्वती आउनुभो क ख  गाउँदा।
✍️ रघु न्याैपाने
पाेखरा ।

[४४]
विद्याको खानी हौ तिमी सरस्वती माता,
थोरै देउ विद्याको हामी लाई नि छाता।
✍️ सुरेश कुमार पाण्डे

[४५]
वसन्त पञ्चमी देखि सुमधुर सम्बन्ध छाओस्
ज्ञान विद्या विवेकले जीवन सौम्य अझ पाओस् ।
✍️ प्रेम थापा “मन”
बागलुङ ।

[४६]
सुन्दर स्वरुप वीणा पुस्तक हंस वाहन
विद्याकी देवी सरस्वतीमा लागाेस याे मन।
✍️ जि कुमार गौतम भद्रपुर -१
पृथिविनगर झापा ।

[४७]
ज्ञान बुद्धि र विवेक दिने सरस्वती माता
गोबर पनि मगमगाओस् अधिष्ठात्री दाता ।
✍️ रिजाल विनोद
मोरङ ।

[४८]
दिव्यदृष्टि दे‌ऊ माता भक्तिभाव गर्छु ,
झुकाएर शिर नित्य चरणमा पर्छु ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[४९]
ज्ञान बुध्दि विवेकको द्वार खोली देउ शारदे  माता,
अन्धकार मस्तिष्कमा प्रकाश छर हे भाग्य विधाता ।
✍️ बिबस पारदर्शी
भद्रपुर-२ झापा ।

[५०]
विद्याकी खानी तिमी हे, सरस्वती माता,
जताततै तिमी नै छौ, सर्वोपरी ज्ञाता ।
✍️ घनश्याम पौडेल
सृजना चोक, पोखरा ।

[५१]
उनै बाट शिक्षा पायौँ सधैँ ज्ञान असल
भई ज्ञानी जीवनमा लिऊँ बनौँ सफल ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया ।

[५२]
मन भन्छ सिर्जनामा अघि बढ्छु
विद्या देऊ माता अब धेरै पढ्छु ।
✍️ प्रेम सुनार
दैलेख ।

[५३]
ज्ञान देउ बुद्धि देउ गर्छु पुकार ,
गुञ्जिरहोस् युगौ सम्म वीणाको तार ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका-४ झापा।

[५४]
साहित्य, कला र सङ्गितमा लौ! सके जति जोड दिऊँ
माता सरस्वतीको वन्दना गरी असीम ज्ञान लिऊँ।
✍️ परिक्रमा श्रेस्ठ,
धरान- सुनसरी ।

[५५]
हंसको वाहन सरस्वती माता
विद्याकी धनी हुन भाग्य विधाता।
✍️ रिना सापकोटा खनाल
जितपुर सिमरा १४

[५६]
सरस्वती माया दृष्टा हौ विद्याकी दाता
दिन्छ्यौ आसिक सदा नमानी झर्को माता।
✍️ बिना रोका
दाङ्ग।

[५७]
ज्ञानकाे ढोका उघारी दिने हंस वाहिनी सरस्वती माता
असल आचरण सिकाउने ऊनी नै हुन भाग्य विधाता ।
✍️ इश्वरी अधिकारी
सुन्दर बजार लमजुङ ।

[५८]
म मूर्खलाई वरदान देऊ ध्यानको,
सरस्वती माता तिमी हौ ज्योति ज्ञानको।
✍️ भगवती दवाडी
दमक-५ झापा ।

[५९]
विद्या विवेक सुबुद्धिकी दाता सरस्वती माता,
अज्ञानकाे पर्दा हटाइ ज्ञानकाे ओढाउ छाता ।
✍️ रामकृष्ण रिजाल
बा न पा-१३ बागलुङ।

[६०]
सद्बुद्धि ज्ञान देउ सरस्वती माता
संसारलाई विद्या दिने तिमी दाता ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[६१]
देवी सरस्वती माता भक्तिले बिन्ती गर्दछु
विद्या ज्ञान र बुद्धिको निम्ति शरण पर्दछु ।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका ।

[६२]
जय माता सरस्वती विद्याकी खानी
म त भक्ति गर्छु माता जानी नजानी।
✍️ सहयात्री शोभा अर्याल
बुटवल ।

[६३]
हात जोडी बिन्ती गरे हे सरस्वती माता
विद्या कि खानी हुनुहुन्छ ज्ञान दिनु दाता।
✍️ राम रावल सागर
कैलाली ।

[६४]
स्वर कण्ठकी धनी वीणा वादनी तिमी माता,
हरेक घरमा विद्या ‌विवेकको तिमी छाता।
✍️ सुरेखा चाम्लिंग
भक्तपुर ।

[६५]
गर्छु देवी सरस्वती तिम्रो आराधना ,
बुद्धि,विवेक मिलाेस् सधैँ गर्छु कामना।
✍️ मित्र उराठी
गुल्मी अमरपुर ।

[६६]
माता सरस्वतीकाे श्रद्धा भक्ति सदा मान्नु,
ज्ञानकाे भण्डार परिश्रमै हाे भनि जान्नु ।
✍️ शान्ति याक्साे
काठमाडौं ।

[६७]
बोलेको पनि पुग्छ भन्छन् मुखैमा सरस्वतीको बास हुँदा राजै,
मिल्छ रे विद्या सहजै बालबालिकामा अक्षरारम्भ गर्दा आजै।
✍️ शम्भु लाल श्रेष्ठ
नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

[६८]
हटाई अज्ञानता ज्ञान भरि दिने
दिएर ज्ञान अज्ञान हरेर लिने ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु ।

[६९]
सरस्वती माता विद्या र बुद्धि बढाइदेऊ  ज्ञान,
कलाले संसार रङ्ग्याउन सकूँ बढाएर मान।
✍️ गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ ।

[७०]
सरस्वती माता तिमी नै हौ जगतमा विद्याकी मूल
तिमीलाई नचिनेर मिहेनत नगर्नु नै हाे भुल ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं ।

[७१]
सरस्वती ज्ञानकी खानी
हामी सबैकी माता रानी ।
✍️ अरुण नदी खत्री
सामाखुसी, काठमाडाैँ ।

[७२]
विद्या र सङ्गीतकी प्रतिरूप सरस्वती पूजाको दिन,
गरौँ आऊ उपासना सरस्वती मन्दिरमा एकै छिन।
✍️ अच्युत घिमिरे
भुटान ।

[७३]
साँघुरो मनस्थितिलाई खुकुलो पारिदेऊ
सरस्वती माताले सबैलाई ज्ञान सारिदेऊ ।
✍️ साधना पाैडेल
रगनी-१, ओखलढुंगा ।

[७४]
गंगा जमुना सरस्वती तिमीलाई मानिन्छ,
आउ माता बचाउ सबै तिम्रै नाम जानिन्छ।
✍️ कमला पाण्डे पराजुली
झापा चारआली ।

[७५]
ज्ञान छर्दै सरस्वती पुजा आयो
मनै भरी हर्ष र उमङ्ग छायो ।
✍️ नवीन जोशी
प्रदेस ७ कैलाली

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया