विराटनगर,२३ माघ।प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषदका आठ मन्त्री नियुक्ति,हेरफेर र कार्य विभाजन गर्नु भएको छ।
प्रदेश प्रमुख खापुङ्गले रामकुमार राई खानेपानी,सिचाई तथा उर्जा,राजन राई सामाजिक विकास मन्त्रालय,खिनु लङ्वा लिम्वु पर्यटन तथा सस्कृति,झलकबहादुर मगर कृषि,शेखरचन्द्र थापा वन,वातावरण तथा भू– संरक्षण,ओमप्रकाश सरावगी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण,प्रताप प्रकाश हाङगाम उद्योग, श्रम तथा रोजगार तथा उपेन्दप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा आज पद तथा गोपनियनताको शपथ ग्रहण गराउनु भयो।
प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिमा विस २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम नियुक्ति, हेरफेर र कार्य बिभाजन गर्नु भएको हो।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई,सभामुख प्रदीपकुमार भण्डारी,उपसभामुख सरस्वती पोखरेल,नेपाली काग्रेस ससदीय दलका नेता राजीव कोइराला,प्रदेश सभा सदस्यहरु,सुरक्षा निकायका प्रमुखहरु,प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्रदेश नं १ मा अवमा एक राज्यमन्त्री सहित १४ सदस्यीय मन्त्रिरिषद भएको छ।
प्रतिक्रिया