काठमाडौँ।गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ? ’ बोलको गीत सार्वजनिक गरिएको छ।लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ।
फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ।त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन्।
गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल,सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन्।गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन्।सर्जक सदाबहार गायिका शर्मिला गुरुङका भाई हुन्।उनी हाल अध्ययनको शिलशिलमा सपरिवार अष्ट्रेलियमा छन् ।
प्रतिक्रिया