नायिका नम्रता सापकोटा र बुद्ध मोक्तान अभिनित ‘बोलीमा गोली’ रिलिज ( भिडियो )

इनेप्लिज २०७८ माघ २२ गते २२:४७ मा प्रकाशित

युवा गायक बुद्ध मोक्तानको नयाँ गीत ‘बोलीमा गोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।सन्ध्या सुस्केरा मोक्तानको शब्द र प्रकाश तामाङ ‘तितुंग’ को संगीत रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा र स्वयम गायक बुद्ध मोक्तानको अभिनय रहेको छ।

सिन्धुलीको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा धन योञ्जन तामाङको सिनेमाटोग्राफी ,माधव बेलबासेको सम्पादन र मोहन अधिकारीको निर्देशन रहेको छ।

जिग्मे मिडिया ( Jigme Media ) को युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोलाइ रिलिज संगै सकारात्मक प्रतिक्रिया आएको छ गायक बुद्धका यसअघिका गीतहरुलाई पनि दर्शकको राम्रो साथ रहेको थियो।

प्रतिक्रिया