आसाममा छायांकन गरिएको पहिलो नेपाली गीतमा भारतीय मोडलसँग आशिषको अभिनय

इनेप्लिज २०७८ माघ २२ गते १३:१३ मा प्रकाशित

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ ।डान्सिगं शैलीका गीतहरु बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो। पारिवारिक प्रेम कथामा आधारित रहेको सानो सानो कुरामा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ।

भिडियोमा आशिष र जुनलाई भर्खरै विबाह गरेको एक प्रेमील जोडीका रुपमा देखाइएको छ।उनीहरुबिचको मिस अन्डस्ड्याण्डिगं भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन्।फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन्।मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन्। जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सले निर्माण गरेको हो ।

प्रतिक्रिया