काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ माघ १९ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१७” अन्तर्गत भुजङ्गप्रयात छन्द (वार्णिक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ ।
टुक्का प्रशिक्षक अनिल खग्रासकाे संयाेजन तथा प्रशिक्षणमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २६ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे भन्दै अभ्यासमा सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे।
भुजङ्गप्रयात छन्द
~ १२ अक्षर हुन्छन्।
~ चारवटा य गण हुन्छन्
~ सूत्र – ISS ISS ISS ISS
मध्यमा विश्राम
अभ्यासका क्रममा सङ्कलन भएका भुजङ्गप्रयात छन्द मा सिर्जना गरिएका टुक्काहरू
[१]
पिरोल्दै छ तिम्रो जवानी अदाले,
भयो ज्यान लौरी झनै सम्झनाले।
खग्रास
[२]
१.
सुनायौ मलाई सबै सत्य शिक्षा
छु लाखौँ जुनीमा दिएको परीक्षा ।
२.
सधैँ ज्ञान नौलो तिमीले सिकायौ
मनैबाट सारा अँध्यारो झिकायौ ।
३.
सुनायौ अनौठो कहानी मलाई
थियो त्यो सबैको हुने जो भलाई ।
तारा घिमिरे
संखुवासभा
[३]
१•
पिडा दिन्छ भन्ने नसोच्नू मलाई,
म आएँ नि ठान्नू यसैमा भलाई।
२•
तिमीले भनेका कुरामा हराएँ,
पुराना कहानी सुनेरै डराएँ।
३•
तिमीले जवानी लुटाएर छोड्यौ,
गराएर बाचा लुकाएर तोड्यौ।
४•
सपारेर आफ्नो अरूको बिगार्यौ,
भनौला भनेको तिमीले नकार्यौ।
घनश्याम पौडेल
सृजना चोक, पोखरा ।
[४]
१.
छ तिम्रो जवानी, अहो खाइलाग्दो,
हुरुक्कै बनायो, मनै जाइलाग्दो ।
२.
बनायौ मनैमा, सिधैँ राजधानी,
खुसीले फुरुङ्गै, भयो जिन्दगानी ।
३.
रहेँ साथ प्यारी, भयो स्वप्न पूरा,
अनायास मिट्यो, रहेका अधूरा ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[५]
१.
भयो जन्म मेरो यहाँ यो धरामा
उठी जोत्न जान्छु बिहानै गरामा।
२.
चियापान फिक्का र सुख्खा पुवामा
हली जान्छु पानी लिने हो कुवामा।
३.
म हो सान साथी धराको निशान
हलो बोकि जान्छु बिहानै किसान।
४.
भयो बृद्ध बेला गयो जिन्दगानी
बिताएँ जवानी म जानी नजानी।
५.
कतै साथ पाएँ कतै लात खाएँ
बुझी जिन्दगीको कहानी बताएँ ।
गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका ।
[६]
१.
जसो पाउ राजा बने कामनामा,
यसो बुझ्न जाऊ नयाँ सामनामा।
२.
किनेको छ माटो खस्यो पोखरीमा,
खुशी रोज्न आए पसे टोकरीमा।
३.
धपक्कै बलेकाे छ साहित्य यात्रा,
उडेको सफा झन् कलाकार जात्रा।
४.
जुरुक्कै खुलेका हिमाली तरेली,
सबैतर्फ माटो पुरेका परेली।
५.
छ घाऊ खुलेको पिडैमा छ दामी,
भयो भ्रष्टभन्दा कुरा दूरगामी।
अम्विका अधिकारी
झापा, विर्तामोड
[७]
१.
बगेको छ माया बनी आँसु धारा,
बुझेनौ कि मेरो खुसीको पियारा।
२.
छहारी थियो त्यो म बस्ने मझेरी,
रुलायौ बिलायौ मलाई नहेरी ।
होम प्रसाद न्याैपाने
धरान,सुनसरी ।
[८]
१.
मिले ज्ञान मान्छे सधैं हुन्छ ज्ञानी,
नमिल्दा उहीँ हुन्छ दुष्टै नि ठानी ।
२.
उसैले बनाएँ बिहानै पुजारी ,
न दिन्छन् त खानै सुकाए गुहारी ।
३.
भएकी थिएँ एउटी मै बुहारी ,
अनेकौं सकिन्थ्यो पसारो सह्यारी ।
भगवती दवाडी
झापा ।
[९]
म ल्याऊँ यहाँ फूलको सौम्यतामा
पुकार्दै छु तिम्रो सुधा भव्यतामा।
ओमकुमारी बन्जारा
[१०]
१.
बितेका कुराले मनैमा गडायो
म उठ्नै नसक्ने गरेरै लडायो ।
२.
कसैले थुनेथ्यो मनैको कुनामा
उसैले धकेली पुर्यायो थुनामा ।
देव वर्तिनी
[११]
१.
अधेरी पधेरी गएको बिहानी,
सुनाऊ त माया ल तिम्रो कहानी ।
२.
चरी त्यो जुरेली मजैले डुलेकाे,
रमाई वनैमा छ खाई भुलेकाे ।
३.
सुनेरै बताएँ उसैकाे कहानी ,
र सम्झी भिजाएँ नि बाक्लो सिरानी।
केशवप्रसाद ढकाल ‘प्रितबिज’
गाेरखा ।
[१२]
१.
बितायौ जवानी अमुल्यै छ चोला
भिजायौ सिरानी बग्यो आँसु खोला।
२.
कसैले बतायो बुझेरै कहानी
उसैले बनायो मलाई बिरानी।
बेदु न्यौपाने
काठमाडाैँ ।
[१३]
१.
कसोरी गएथ्यौ छोडेर मलाई
नजाँदा हुने हो त्यसैमा भलाई ।
२.
छु आशा लिएकी बसूँला रमाई
छ सानो झुपडी र थोरै कमाई।
दुर्गा भट्टराई
माेरङ्ग ।
[१४]
१.
नभाेग्दै बिलायाे सुनौलाे कहानी
नशामा डुबेरै बिताएँ बिहानी ।
२.
निको लाग्छ पीडा तिमीले दिएकाे
बगेकाे नदी झैँ छ आँसु पिएकाे ।
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[१५]
१.
मनैका अनेकौँ थिए ती कहानी
उठेको जवानी गयो जिन्दगानी।
२.
हजारौँ पिडाले मलाई जलायो,
बुवाको मुमाको त यादै दिलायो।
सहयात्री शाेभा अर्याल
रुपन्देही -१४ बुटवल ।
[१६]
पिरैको जुहारी मनैमा छ आमा,
तिमी नै त छ्यौ ए! सदा सम्झनामा।
विनिता विश्वकर्मा
बाजुरा ।
[१७]
कतै नाम छाप्यो अचम्मै कुरामा,
जहाँ त्यो सधैंझैं खुशीको सिमामा।
म्यामराज राई
भोजपुर ।
[१८]
१.
खुलेका असाध्यै हिमाली तरेली,
धपक्कै बलेका खुसीका परेली।
२.
गएकी थिई ऊ नभेटी सुटुक्क,
भयो याद आरी र घोच्यो चुसुक्क।
इन्दिरा देवकोटा
कपिलबस्तु ।
[१९]
पियारी हरायौ दिमागै हरायो,
भरोसा नराख्दा नशाले ढलायो।
राजेशराज गड्ताैला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[२०]
[२२]
कलाको सुधाको रसैले डुबायो
नशा नै सरी भो मनैले उबायो ।
रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[२३]
फुलेको जवानी झरेमा रुँनेछ,
सुधामा पिलाऊ निको यो हुनेछ।
जमुना आचार्य
सिन्धुपाल्चाेक ।
[२४]
बनेकी म ज्ञानी तिमी छौ भनेर
भएँ व्यर्थ साच्चै चिनेनौ म हेर।
दुर्गा आचार्य
माेरङ्ग ।
[२५]
तिमी जिन्दगानी के गर्दै बितायौ,
हराई युगौमा कहाँबाट आयौ?
सुरेशकुमार पाण्डे
दाङ ।
[२६]
बगायौ मलाई किनारा लगाऊ
करेसा बनाई धरामा सजाऊ ।
धनुष न्यौपाने
>>> जय टुक्का! जय साहित्य!! <<<
प्रतिक्रिया