गायिका सरिता भारती नायक प्रवणसँगै चिया पकाउँदै

इनेप्लिज २०७८ माघ २१ गते १०:५७ मा प्रकाशित

गायिका सरिता भारती पछिल्लो समय गायनमा निकै सक्रिय छिन् । उनको एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजामार आईरहेका छन् । हालै मात्र आलिफ खानसँग काठो लोक गीत असारै मास साईली गीत बजारमा ल्याएकी सरिताले यतीबेला गायक सुवर्ण कुमारसँग युगल स्वरमा नयाँ लोक लयको गीत चिया पकाउ…दर्शकमाझ ल्याएकी छिन् । यो गीतको संगीत र शब्द पनि गायक सुवर्णकै हो । यो गीतमा संगीत संयोजन पनि सुवर्ण आफैंले गरेका हुन् ।

‘चिया पकाउ त साईली मिठो पारेर
माली गाईको बाक्लो दुध हालेर…’

यो नयाँ गीतको भिडियोमा गायिका सरिता आफैं मुख्य भूमिकामा छिन् । आफ्ना अधिकाँस गीतको भिडियोमा प्राय सरिता आफैं मोडल हुने गर्छिन ।
यो गीतको भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसाल बीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ।अभिनेता प्रवण गायिका एवम् मोडल सरिताले यस अघि पनि सर्ट फिल्म द डटर र थाहै नपाई…गीतको भिडियोमा सँगै अभिनय गरिसकेका छन् । यो भिडियोमा सरिता र प्रवण सगै यो गीतमा विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मागराती, सुस्मिता कार्कीको अभिनय रहेको छ ।

चिया पकाउको म्युजिक भिडियोलाई सुवास बुढाथोकीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।जसमा एस कुमारको छायाँकन तथा सम्पादन र बीरेन्द्र भाट विपिनको रँग सँयोजन रहेको छ।भिडियोलाई बुढासुब्बा डिजिटलबाट बुधबार रिलिज गरिएको हो।गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको गायिका सरिताले बताईन्।

यस अघि गायिका सरिता भारतीले गायक सुवर्णसँग एउटा गजल गाएकी थिईन्।गीत निकै मिठो बनेको र सोही अनुसारको भिडियो आफुहरुले बनाएको पनि गायिका सरिताले बताएकी छिन् ।

प्रतिक्रिया