कविता – कठै मेरो कान्तिपुरीकॊ देश

प्रेम प्रसाद सञ्जाल २०७८ माघ २० गते २२:४७ मा प्रकाशित
कठै मेरो कान्तिपुरीकॊ देश
जता गयो उतै बेशै बेश
सानी नानी तितौरा बेच्छे
सोध्छु
नानी तिमीलाई खान मन लाग्दैन
बा ले मार्नु हुन्छ
चाट्तै फेरि राख्दै गर्दैछु
विद्यार्थी डिस्कोमा भेटिन्छ
सोध्छु
पढ्नु पर्दैन
स्कुल र परीक्षा बोर्ड
दुबै मेरा बा ले किनेको छ
किन पढ्नु
असारको किसान
आरामले चौतारीमा सुतेको छ
सोध्छु
खेती गर्नु पर्दैन
मल नेताले खाए
जल कर्मचारीले पिए
बिउ आन्द्रामा छरेछन
उम्रेर फल्ला नि उतै
उद्योगपतिको कन्पारामा हात छ
बेहुली झैं रोईरहन्छ
सोध्छु
मेशिन चलाउनु पर्दैन
उद्योगको साँचो
भ्रातृ र मातृ संगठन हँदै
अलप भएको बर्षाैं भै सक्यो
के ले चलाउने मेशिन
म अलमलिन्छु
म प्रश्न सोध्दैछु कि
उत्तर भन्दैछु
ब्यापारी एकशूरे भएको छ
सोध्छु
आँटो छ
बोल्दैन
उ आफ्नै पारामा बर्बराउँछ
घाटो छ
ब्यापार गरेर बिराएको
बाटो छ
कारोबार माटो छ
किन बेच्ने आँटो
म जिल्ल पर्छु
१३ दिनमा मन्त्री फेरिन्छ
सोध्छु
किन चाँचाडो बदली
बर्षमा ६०१ को पालो पुर्याउनु छ
सबैलाई सुर्याउनुछ
ढुकुटी तुर्याउनु छ
अनि नगर्नु त हप्ते अदली बदली
मन्दिरका भट्टलाई चटारो छ
बहुत आपदमा छन
सोध्छु
के को हतारो भट्ट महाराज
हिजोको बफ मः मः थन्क्याउन
फेरि वाल्ल पर्छु
भोलेनाथ त शाकाहारी थिए
अस्पत्तालमा जान्छु
मित्र वेडमा छन
अन्तिम श्वासमा
सोध्छु
के भो मित्र
के हुनु नि
आफैंले दर्ता गरेको मिनरल वाटर
झुक्यानमा पिएँछु
अब त सोझै माथि
तiज्जुब लाग्छ मलाई
कठै मेरो कान्तिपुरीकॊ देश
जता गयो उतै बेशै बेश
– प्रेम प्रसाद सञ्जाल

प्रतिक्रिया