काठमाण्डौं।लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ ।
अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ।गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ।
राजु बिरही सापकोटा ,करिश्मा मगर र रबिन बराइलीको मुख्य अभिनय रहेको उक्त गीतमा संगीत पनि स्वयम् राजु बिरही सापकोटाले नै गरेका हुन भने शब्द रबिन बराइलीको रहेको छ।मिलन श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ।उक्त गीतलाई मिलन फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
प्रतिक्रिया