पथरी । मोरङको पथरीशनिश्चरे–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आफ्नै आमाको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय पथरी प्रहरीले पक्राउ गरेको छ ।
९० वर्षीया आफ्नो आमा जगमाया श्रेष्ठको हत्याको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जगमाया माघ १२ गते रातिदेखी घरैबाट एक्कासी गायव भएकी थिइन् । हराएको भनिएकी वृद्धाको हत्यापछि प्रमाण नष्ट गर्नका लागि पथरीशनिश्चरेको हरियाली सामुदायिक वनमा रहेको समाधिस्थल घाटमा कमलले एक्लै शव ल्याएर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
स्थानीयको सूचनाको आधारमा अनुसन्धानपछि इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
आमा हराएको भन्दै कमलका दाईले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र भाइहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको थियो । उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात उनीहरुले अदालतमा मुद्दा समेत गरेका थिए ।
अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला सुनाएपछि आक्रोश बनेका श्रेष्ठले रिसको आवेगमा आमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=wJROOiEMpSI&t=199s
प्रतिक्रिया